प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई ८ बुदाँसहितको ज्ञापन पत्र !
विकास घिमिरे, धनकुटा खबर । कर्मचारी समायोजन अध्यादेश २०७५ ले ल्याएको प्रावधानले प्राविधिक तथा प्रशासनिक क्षेत्र तहस नहस हुने भन्दै त्यस लाई सच्याउन कर्मचारीका संघ संस्थाले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलय लाई ज्ञापन पत्र पठाएका छन् ।
नेपाल पाराभेटेरी एण्ड लाइभस्तक एसोसियसन, नेपाल पशुस्वाथ्य सेवा प्राविधिक संघ, नेपाल कृषि प्राविधिक एसोसियसन, जुनियर वन प्राविधिक संघ, नेपाल सर्भेयर्स एसोसियसन लगायतका संघ र एसोसियसनले कर्मचारी समायोजन अध्यादेश २०७५ समग्र निजामती कर्मचारीको हितमा नभएकोले अध्यादेश संशोधन गरिनु पर्ने, संघ, प्रदेश र स्थानिय तहमा समायोजन गर्दा तिन वटै तहमा श्रेणी वा तहगत मध्य एउटै व्यावस्था गरिनु पर्ने लगायत ८ वटा बुदाँलाई समेटी संशोधन गरीनु पर्ने माग राख्दै धनकुटाका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यलयलाई ज्ञापन पत्र पठाएको नेपाल पशुस्वाथ्य सेवा प्राविधिक संघका केन्द्रिय उपाध्यक्ष गोर्खबहादुर तामाङ्गले जानकारी दिए ।
अहिले ज्ञापन पत्र मात्र बुझाएको र माग सम्बोधन नभए केन्द्रको निर्देशनमा अन्य कार्यक्रम तय गरीने तामाङ्गले जानकारी दिए ।


