विभिन्न योजना ल्याएर युवाहरुलाई रोजगार दिन आवश्यक : जिसस संयोजक चौहान

धनकुटा खबर । अरुण उपभोक्ता सहकारी संस्था धनकुटा १ हिलेको ९ औ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका संयोजक टंक चौहानको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष गणेश पोखरेलको अध्यक्षतमा भएको साधारण सभामा आर्थिक वर्ष २०७४/७५को २४ लाख ८० हजार ८ सय ७६ रुपयाँ वरावरको वार्षिक आय व्यय विवरण प्रस्तुत गरिएको छ ।

साधारण सभामा वोल्दै जिल्ला समन्वय समितिका संयोजक चौहानले राज्यको “सुखी नेपाल समृद्ध नेपाली” नारालाई पूरा गर्न सहकारीहरुले भूमिका निर्वाह गर्नुपर्ने वताउनुभयो । त्यसका लागि प्रशोधन केन्द्रहरु खोली युवाहरुलाई रोजगार दिन आवश्यक रहेको धारणा उहाँले राख्नुभयो । अहिले युवाहरु वैदेशिक रोजगारीका लागि विदेश पलायन भईरहेको अवस्थामा सहकारीहरुले युवा जनशक्तीका लागि विभिन्न योजना ल्याएर उनीहरुलाई यहीं रोजगार सृजना गर्नुपर्ने वताउनुभयो । साथै सहकारीको कारण यहाँका महिलाहरुको जीवन स्तर सुधार भइरहेको, सामाजिक गतिविधिमा महिलाहरुको सहभागीता वढेको वताउनुभयो ।

सहकारीका अध्यक्ष साधारणसभामा उत्कृठ ५ जना वचत कर्ताहरु कविता श्रेष्ठ ताम्राकार,सिता पौडेल,सम्पदा धिमाल,उषादेवि शाह र रमा दाहाल लाई पुरस्कृत गरिएको छ भने उत्कृठ ऋणीहरु जनक पाण्डे,सजेन्द्र तामाङ, शैलेश श्रेष्ठ,धनमाया लिम्वु र भक्त वहादुर भट्टराई लाई पुरस्कृत गरिएको छ ।

जेष्ठ शेयर सदस्यहरु सिताराम तामाङ,वोधनाथ घिमिरे र दूर्गामायाँ तामाङ, लाई पनि दोसल्ला ओढाई सम्मान गरिएको छ । यस सहकारी संस्थाले आई.एम.ई,प्रभु मनि ट्रान्फर,हिमाल रेमिट,पानस,वेष्ट्रन युनियन र रेमिट टू नेपालको सूविधा समेत दिदैआएको छ ।

त्यस्तै युवा स्वरोजगार कोष अन्तर्गतको ६० लाख रकम वेरोजगार युवाहरुको लागि लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । सभामा सहकारीका अध्यक्ष पोखरेलले आ.व २०७५्/७६को वार्षिक नीति तथा योजना प्रस्तुत गर्नुभएको थियो ।

प्रतुत प्रतिवेदन अनुसार आ.व २०७५र७६ मा संस्थाले २६ लाख ९१ हजार वरावरको कारोवार गर्ने प्रस्ताव गरिएको छ । कार्यक्रममा उद्योग वाणीज्यसंघका अध्यक्ष उमेश घिमिरे,नवज्योति वचत तथा ऋण सहकारीका अध्यक्ष धिरेन थिङ १ नं वडाध्यक्ष निरेन तामाङ,,लालचन गोम्वा, नेपाल यातायात मजदुर सहकारी संस्थाका सचिव फूर्वा घिसिङ लगायतकाले शूभकामना मन्तव्य राखेका थिए । सञ्चालन दिपक घिमिरेले गर्नुभएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।