भेडेटारलाई प्रदेश १ को मुख्य पर्यटकिय गन्तब्य बनाउन कुनै कसर बाकी नराख्ने : मुख्यमन्त्री राई

नारायण कुमार राई, धनकुटा खबर । अंग्रेजी नयाँ बर्षको अवसर पारेर पूर्वको पर्यटकीय स्थल भेडेटारमा आजवाट खाना महोत्सव सुरु भएको छ ।

महोत्सबको उद्घाटन गदै प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले भेडेटारलाई प्रदेश एकको मुख्य पर्यटकिय गन्तब्य बनाउन कुनै कसर बाकी नराख्ने बताउनु भयो ।

मन्त्री राईले अब आउने हिउँदे अधिवेशनले प्रदेश नं. १ को राजधानी र नामको ढुंगो लगाउने जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सभासद् निरन राई,जुली कुमारी श्रेष्ठ लगाएत जिल्ला स्थित राजनैतिक दल तथा संस्थाका प्रतिनिधिहरुले शुभकामना दिनुभएको थियो ।

होटल एशोसिएशन अफ भेडेटारको आयोजनामा सञ्चालन भएको सो महोत्सबमा २४ ओटा स्टल राखिएको छ । स्थानीय खानाका परिकार,अर्गानिक खेतीवाट उत्पादित तरकारी तथा फलफुलको प्रदर्शनी, हस्तकला, कृषि तथा घरेलु सामाग्रीहरु प्रर्दशनीमा राखिएको छ ।

खाना महोत्सवमा आउने आगन्तुकहरुलाई सिम्रिक एयरमा हेलि टुर, प्याराग्याइडिङ, माउण्टेन वाइक र टुर प्याकेजको व्यवस्था गरिएको होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष जितेन्द्र रुम्दाली राइले जानकारी दिनुभयो ।

३० हजार आन्तरिक तथा बाह्य पर्यटक आउने र १ करोड रुपैया वरावरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको छ । महोत्सब तीन दिन सम्म सञ्चालन हुने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।