‘जीवन काँडा की फूल’ चैत्र २२ बाट प्रदर्शनिमा, बरिष्ठ साहित्यकार झमक कुमारीले गरिन यस्तो आग्रह…

धनकुटा खबर । बरिष्ठ साहित्यकार झमक कुमारी घिमिरेको जीवनीमा आधारित मदन पुरस्कार बिजेता कृति ‘जीवन काँडा की फूल’ मा बनेको फिल्म प्रदर्शनीमा आउने भएको छ ।

निर्माता कम्पनी बिष्ट ब्रदर्शले शनिबार भिमिरेको निवास धनकुटा ६ कचिंडेमा पत्रकार सम्मेलन गरेर आउने चैत्र २२ बाट देशै भरी एकैसाथ फिल्म प्रदर्शनिमा आउन लागेको जानकारी दिएको छ ।

फिल्ममा घिमिरेको अभिनय रिजिता बुद्धचार्य,अवस्था थापा,आमा उमा गिरी,बुवा कृष्ण सुनुवारको मुख्य भूमिको सहित ३० जनाको अभिनय रहने निर्माता बिनोद बिष्टले जानकारी दिए । प्रदर्शनिमा आउन अघि यसै हता धनकुटामा च्यारिटि शो हुने बिष्टले जानकारी दिए । २ घण्टा ५ मिनेट लामो यस फिल्मको लागत ६० लाख रहेको छ ।

हिडडुल र बोल्न नसक्ने अपांगता भएकी ३८ बर्षिया घिमिरेले फिल्ममा भएका त्रुटिहरु फिल्मकै रुपमा बुझिदिन आग्रह गरेकी छिन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖