ट्राफिक प्रहरी धनकुटाले सडकमै गर्यो १ सय ४ जनाको स्वाथ्य जाँच (फोटो फिचर सहित)

धनकुटा खबर । सडक दुर्घटना न्यूनिकरणका लागि ट्राफिक प्रहरी धनकुटाद्वारा आइतवार सडकमै सवारी साधनको अवस्था जाँच र चालक र सहचालक गरि १ सय ४ जनाको आँखा र रक्तचाप जाँच गरिएको छ ।

सवारिको चाप बढेसँगै दुर्घटनाको जोखिम र क्षति बढ्दै गएकाले ट्राफिक प्रहरी धनकुटाले सदरमुकामको जिरोप्वाइन्टमा समुदाय प्रहरी साझेदारी अन्तर्गत डा.रामप्रसाद पोखरेल आँखा अस्पतालको सहयोगमा सवारी चालक र सहचालकको आँखा र रक्तचाप जाँच गरेको हो ।

मेकानिकल इन्जिनियरको सहयोगमा कोशी राजमार्गको धरान धनकुटा खण्डमा संचालित सार्वजनिक सवारीको कण्डिसन जाँच र स्वाथ्य जाँच जिल्ला ट्राफिक प्रहरी कार्यलय धनकुटा ट्राफिक प्रहरी सहायक निरिक्षक सुरेन्द्र खड्का जानकारी दिए ।

फोटो: विकास घिमिरे / धनकुटा खबर



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖