आँखा उपचारलाई अझ ब्यवस्थित र प्रभावकारी बनाऊन नेत्र ज्योती संघ धनकुटाको विभिन्न समितिहरु गठन
धनकुटा खबर, २ माघ । आँखा उपचारलाई अझ ब्यवस्थित र प्रभावकारी तथा व्यापक बनाउदै लैजानका लागी नेपाल नेत्र ज्योती संघ धनकुटाले आज विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको छ ।
नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरागाईको अध्यक्षतामा सम्पन्न भएको बैठकले डा.राम प्रसाद आखा अस्पताल धनकुटाको संचालन समितिमा अध्यक्ष दोर्ण गुरागाई,लिलानाथ मिश्र र दुर्गा अधिकारीलाई केन्द्रमा सिफारिस गर्दै विभिन्न समिति तथा उपसमितिहरु गठन गरेको हो ।
आर्थिक श्रोत परिचालन तथा खर्च समिति अध्यक्ष दोर्ण गुरागाईको संयोजक सदस्यहरु ऋषिराम ढुंगना,विजय सन्तोषी राई,रोशेष श्रेष्ठ,देव वहादुर खड्का,पुरेन्द्रलाल श्रेष्ठ,पदपूर्ती समिति उपाध्यक्ष रोशेष श्रेष्ठक संयोजक र सदस्यहरुमा प्रकाश श्रेष्ठ,देव वहादुर खड्का, इशा विष्ट रहनु भएको छ ।

यसैगरी खरिद समिति पुरेन्द्रलाल श्रेष्ठ संयोक, सवारी साधन व्यवास्थापन तथा संचालन समिति ऋषिराम ढुंगाना संयोजक सदस्यहरुमा अस्मिका राई,ठगेन्द्र अधिकारी र विजय सन्तोषी राई,ईटहरी आखा उपचार केन्द्र संचालन समिति जयप्रसाद निरौला संयोजक र सदस्यहरुमा देव वहादुर खड्का,ठगेन्द्र अधिकारी,सामुदायिक आखाजाच स्वास्थ्य शिक्षा समिति ठगेन्द्र अधिकारी संयोजक र सदस्यहरुमा विजय सन्तोषी राई,ऋषिराम ढुंगाना, अस्मिका राई र प्रचार प्रसार तथा शिविर समन्वय तथा संचालन समिति विजय सन्तोषी राई संयोजक र सदस्यहरुमा ऋषिराम ढुंगाना,ठगेन्द्र अधिकारी ,दुर्गा अधिकारी रहनु भएको समिति गठन गरिएको नेत्र ज्योती संघ धनकुटका सचिव देव वहादुर खड्काले वताउनु भयो ।
आँखा उपचारलाई अझै व्यवस्थित र व्यापक ढंगले अभियानको रुपमा संचालन गरिने र गरिव तथा असाहयहरुलाई निशुल्क रुपमा सवै किसिमको उपचार गरिने अध्यक्ष दोर्ण गुरागाईले वताउनु भयो । सचिव देव वहादुर खड्का र व्यवस्थापक गंगा खत्रीले नेत्र ज्योती संघ धनकुटा र डा.राम प्रसाद आखा अस्पताल धनकुटाको गतिविधिको वारेमा जानकारी दिनु भएको थियो ।


