पहिलो पटक धनकुटामा चोविसै घण्टा आँखा उपचार शुरु

धनकुटा खबर । पहिलो पटक धनकुटामा नेपाल नेत्र ज्योती संघ धनकुटाले संचालन गरेको डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले नागरिकहरुको सेवाका लागी अहिले चौविसै घण्टा प्रभावकारी रुपमा आँखा उपचार सेवा संचालन गरिएको आज जानकारी दिईएको छ ।

डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले प्रत्येक दिन विहान १० बजे देखी ३ बजे सम्म आखा उपचार सेवा संचालन गर्दै आएकोमा अब देखी नागरिहरुलाई चौविसै घण्टा सेवा प्रदान गर्ने उदेश्यले सार्वजानकि विदाको दिन पनि विहान १० देखी २ बजे सम्म अस्पताल खुल्ला रहने र माघ २ गते देखी चौविसै घण्टा आखा उपचार सेवा प्रदान गर्न शुरु गरिएको नेपाल नेत्र ज्योती संघ धनकुटका अध्यक्ष दोर्ण प्रसाद गुरागाईले वताउनु भयो ।

डा.राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाको सेवालाई अझ स्तरीय र प्रभावकारी रुपमा चौविसै घण्टा संचालन गर्नका लागी अस्पतालका व्यवस्थापक गंगा खत्रीले अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरुसंगको आज भएको छलफल तथा अन्र्तक्रियाको क्रममा आखा जस्तो महत्वपूर्ण र संवेदनशिल अंग उपचारमा सवैको महत्वपूर्ण सहयोग आवाश्यक रहेको वताउदै यसमा सवै अस्पतालका कर्मचारीहरुले पनि अझ धेरै जिम्मेवार भएर सवो प्रवाह गर्नु पर्नेमा जोड दिनु भयो ।

सो अवसरमा नेपाल नेत्र ज्योती संघ धनकुटाका उपाध्यक्ष तथा पद पूती समितिका संयोजक रोशेष श्रेष्ठ,प्रचार प्रसार तथा शिविर समन्वय तथा संचालन समितिका संयोजक विजय सन्तोषी राई,कार्यसमिति सदस्य जयन्द्र प्रधानले डा.राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाबाट उपलब्ध हुने सेवालाई अझ प्रभावकारी रुपमा संचालन गर्नका लागी साधन स्रोत सम्पन्न बनाउदै लाने भएकोले ढुक्क भएर कर्मचारी र स्वास्थ्यकर्मीहरुलाई सेवा प्रदान गर्न अनुरोध गर्नु भयो । भने आखा अस्पतालका नेत्र सहायक डोनराज गुरुङ्ग,नेत्र साहायक सचिन लम्साल,कर्मचारीहरु देवराज पोखरेल, केपिला पोखरेल,लोकेन्द्र कार्की,रेवत राई,विक्रम मिश्र लगायतले अस्पतालबाट भैरहेको सेवा प्रवाहको विषयमा जानकारी दिदै विभिन्न बिषयमा अस्पतालाई समयानुसार अस्पताललाई साधन स्रोत सम्पन्न बनाउदै लानका लागी महत्वपूर्ण सुझाव दिनु भएको थियो ।

डा.राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी रुपमा संचालन गर्दै जाने समुदाय स्तरमा समेत अझ व्यापकताका साथ आखा उपचार सेवा र शिक्षा संचालन गर्ने र अहिले चौविसै घण्टा आखा उपचार सेवा संचालन गरिएकोले यसका लागी सवैले सकरात्मक ढंगले सहयोग गर्नका लागी समेत अध्यक्ष दोर्ण गुगाईले आग्रह गर्नु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।