धनकुटाको कागतेमा निःशुल्क स्वस्थ्य शिविर
धनकुटा खबर । धनकुटा ३ कागतेमा बृहत निःशुल्क स्वस्थ्य शिविर सम्पन्न भएको छ ।
धनकुटा नगरपालिका वडा नं ३ को आर्थिक सहयोग ,स्पर्श हेल्थ होम,फिजियो थेरापी एण्ड रिह्यावीलिटेशन सेन्टर धनकुटा ७ को प्राविधिक सहयोग तथा समृद्धि युवा क्लब धनकुटा ३ कागतेको आयोजनामा उक्त शिविर सम्पन्न भएको हो ।
शिविरमा विभिन्न रोगका १ सय ९२ जनाको स्वास्थ्य परिक्षण गरि औषधी वितरण गरिएको वडाध्यक्ष विकास घिमिरेले बताउनुभयो । शिविरमा स्पर्श हेल्थ होम,फिजियो थेरापी एण्ड रिह्यावीलिटेशन सेन्टर धनकुटा ७ का डाक्टरहरुले प्यारालाइसिस भएका ,नसा च्यापिएको, हाड जोर्नी तथा बाथका रोगीहरुलाई थेरापी प्रविधिबाट उपचार गरेको सेन्टरका सञ्चालक दिपन श्रेष्ठले जानकारी दिनुभयो ।

शिविरमा उच्च रक्त्तचाप, मधुमेह लगायतका विरामी समेत भेटिएको उहाले जानकारी दिनुभयो । शिविरमा निःशुल्क औषधी वितरण समेत गरिएको छ ।
धनकुटामा लगायत कोशी पहाडी क्षेत्रका प्यारालाइसिस भएका ,नसा च्यापिएको, हाड जोर्नी तथा बाथका रोगीहरुको सहज रुपमा उपचार गर्ने उद्येश्यका साथ सञ्चालनमा आएको यो स्पर्श हेल्थ होम, फिजियो थेरापी एण्ड रिह्यावीलिटेशन सेन्टरले धनकुटाका विभिन्न नगरपालिका तथा गाउपालिकाका बासिन्दालाई निःशुल्क शिविर सञ्चालन गरि सेवा दिने समेत उहाले बताउनुभयो ।



