धनकुटामा आँखा उपचार अझ उत्कृष्ठ बनाऊन यस्तो तयारी…
धनकुटा खबर । नेपाल नेत्र ज्योती संघ धनकुटाले संचालन गरेको डा. राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटालबाट संचालन भैरहेको आँखा उपचार सेवालाई अझ व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नका लागी साधन स्रोत सम्पन्न बनाउदै लाने आज निर्णय गरेको छ ।
नेपाल नेत्र ज्योती संघ धनकुटाले अस्पताललाई चाहिने थप आवाश्यक्त सामाग्रीहरु खरीद गर्ने र अस्पतालको औषधी वितरण तथा चम्मा निर्माण कक्षलाई अझ व्यवस्थित र अत्याधुनिक बनाउने निर्णय गरेको नेपाल नेत्र ज्योती संघ धनकुटका अध्यक्ष दोर्र्ण गुरागाईले वताउनु भयो ।
अस्पताललाई चाहिने औषधी लगायत अत्यावाश्यक विभिन्न समाग्रीहरु खरिद गर्ने र अस्पतालका विभिन्न शाखाहरुलाई अझ व्यवस्थित र प्रभावकारी रुपमा संचालन गर्नका लागी विभिन्न कार्ययोजना निर्माण गर्ने अवधारणा पत्र निर्माण गर्ने भएको नेपाल नेत्र ज्योती संघ धनकुटका प्रचार प्रसार समितिका संयोजक तथा आँखा शिविर संचालन तथा समन्वय समितिका संयोजक विजय सन्तोषी राईले वताउनु भयो ।

खरीद समितिका संयोजक पुरेन्द्रलाले श्रेष्ठको अध्यक्षतामा भएको बैठकमा नेपाल नेत्र ज्योती संघ धनकुटाका अध्यक्ष दोर्ण गुरागाई,उपाध्यक्ष रोशेष श्रेष्ठ,सचिव देव वहादुर खड्का,सदस्य विजय सन्तोषी राई , व्यवस्थापक गंगा खत्रीले आँखा अस्पतालाई अझ व्यवस्थित बनाउनका लागी आ आफ्ना धारणा राख्नु भएको थियो ।
डा. राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाले प्रत्येक दिन विहान १० बजे देखी ३ बजे सम्म आखा उपचार सेवा संचालन गर्दै आएकोमा अब देखी नागरिहरुलाई चौविसै घण्टा सेवा प्रदान गर्ने उदेश्यले सार्वजानकि विदाको दिन पनि विहान १० देखी २ बजे सम्म अस्पताल खुल्ला रहने र माघ २ गते देखी चौविसै घण्टा आखा उपचार सेवा प्रदान गर्न शुरु गरिएको नेपाल नेत्र ज्योती संघ धनकुटका सचिव देव वहादुर खड्काले वताउनु भयो ।


