मेक्सिकोमा इन्धनको पाइप विस्फोट : मृत्यु हुनेको सङ्ख्या ११७ पुग्यो

मेक्सिको सिटी । इन्धनको पाइप विस्फोटनमा परी मेक्सिकोमा मृत्यु हुनेको सङ्ख्या ११७ पुगेको छ ।

यही जनवरी १८ तारिखका दिन मेक्सिकोको हिडाल्गोमा भएको घटनामा परी मृत्यु हुनेको सङ्ख्या मङ्गलबारसम्म ११७ पुगेको सरकारी अधिकारीहरुले जनाएका छन् । उनीहरुले दिएको पछिल्लो जानकारी अनुसार मृत्यु भएका मध्ये ६८ जनाको घटनास्थलमै मृत्यु भएको हो भने ४९ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनामा परेकामध्ये अहिले पनि २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको रोग नियन्त्रण राष्ट्रिय केन्द्रका महानिर्देशक रोए लोपेजले जानकारी दिनुभयो । घाइतेमध्ये १० जना अत्यन्त गम्भीर, १३ जना गम्भीर र अरु चार जनाको अवस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

अघिल्लो शुक्रबार बेलुका ७ः०० बजे ट्लाहुलिपान नगरको सान प्रिमिटिभो क्षेत्रमा एउटा पाइपलाइन देखिएपछि त्यसैलाई छेडेर तेल जम्मा गर्ने क्रममा विस्फोटन भएको थियो । तेल केही मिटर माथिसम्म हावामा फोहराका रूपमा पाइपबाट बाहिर निस्किएको र यसैबाट तेल जम्मा गर्न भिड लागेको समयमा आगलागी हुँदा पाइपलाइन विस्फोट भएको बताइएको छ ।

अनुमतिविना नै पाइपलाई खोपेर स्थानीयले तेल जम्मा गर्ने लोभ गर्दा उक्त दुर्घटना भएको राज्य सञ्चालित पेट्रोल कम्पनीले जनाएको छ । मेक्सिकोमा यसअघि सन् २०१० मा भएको यस्तै विस्फोटनमा परी ३० जनाको ज्यान गएको थियो भने ५२ जना घाइते भएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।