शहिदको स्मृतीमा धनकुटामा श्रद्धाञ्जलीसभा !
धनकुटा खबर । २०३० साल चैत्र ३ गते विराटनगरमा तत्कालीन राजा सवारी हुदा बम बिस्फोटन गराएको अभियोगमा मृत्यूदण्ड दिईएका शहिद भीम नारायण श्रेष्ठ र कप्तान यज्ञ वहादुर थापाको स्मृतीमा आज धनकुटाको भीम नारायण चौकमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको छ ।
नेपाली कांग्रेस धनकुटाको आयोजना तथा सहिद भीम नारायण श्रेष्ठ स्मृती प्रतिष्ठान र धनकुटा र सहिद स्मृती प्रतिष्ठानको संयोजनमा भएको उक्त श्रद्धाञ्जली कार्यक्रममा सहिद पत्नी लक्ष्मी देवी श्रेष्ठ, सहिद पुत्र मनोज नारायण श्रेष्ठ, प्रदेश नम्वर १ का सांसाद लिला सुब्बा लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र समाजिक क्षेत्रका महानुभावहरुले सहिद भीम नारायण श्रेष्ठको सालिकमा माल्यपर्ण गर्दै सम्मानका साथ श्रद्धाञ्जली अपर्ण गर्नु भएको थियो ।

नेपाली कांग्रेस धनकुटा नगर समितिका सभापती रोशन श्रेष्ठको अध्यक्षतामा भएको श्रद्धाञ्जली कार्यक्रममा नेपाली कांग्रेस धनकुटका सचिव तथा धनकुटा सहिद स्मृती प्रतिष्ठानका महासचिव विजय सन्तोषी राईले कार्यक्रमको संचालन गर्नुभएको थियो । श्रेष्ठ र थापा लाई २०३५ साल फाल्गुण २६ गते गोली हानी मृत्यु दण्ड दिईएको थियो ।


