हरेक दिन विदेशबाट ३ युवाको शव नेपाल ल्याइँदै, आर्थिक वर्ष ७४-७५ मा ८ सय २१ को शव ल्याइयो
काठमाडौं । वैदेशिक रोजगारीका कारण भित्रने रेमिट्यान्सबाट सरकार मख्ख भएर वैदेशिक रोजगारीलाई अझ बढाउने योजनाका साथ अघि बढिरहेको छ ।
सरकार बैदेशिक रोजगारमा आकर्षीत त भयो । तर बैदेशिक रोजगरीलाई ब्यबस्थीत गर्न नसक्दा रोजगारीमा गएका धेरै नेपालीहरुले दैनिक अकालमै ज्यान गुमाउनु परिरहेको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारी स्तरबाट प्रभावकारी पहल भएको छैन ।
अहिले दैनिक ३ वटाका दरले वैदेशिक रोजगारीमा गएका युवाको शव नेपाल ल्याउने गरिएको तथ्यांक छ । आर्थिक वर्ष ७४\७५ मा मात्रै ८ सय २१ को शव ल्याइएको तथ्याङ्कले देखाएको छ ।



