स्थानिय सरकारलाई चुनौती बन्दै बसाई सराई !

धनकुटा खबर । गाउँ घर मै सिंहदवार दैलो मा स्थानिय सरकारको नारा चलिरहे पनि पहाडी जिल्लामा भने स्थानिय सरकार लाई पुरानो थाक थलो छोडेर शहर र तराईमा बसाई सराई गररे जाने प्रवृति लाई रोक्न चुनौती बनेको छ । दश वर्ष अघिसम्म ७० भन्दा बढी परिवारको बसोबास रहेको धनकुटाको छथरजोरपाटी गाउँपालिकाको साविक तेलिया गाविस वडा नम्बर ६ मा बसाइँ सराइका कारण अहिले जम्मा ९ घर मात्र बाँकी छन् । यहाँबाट हिँडेका सबै तराईका झापा, मोरङ्ग र सुनसरी झरे ।

२०२० साल पछि सुरु भएको हिमाली र पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति हिजोआज परम्पराकै निरन्तरता जस्तो बनेको छ । गुणस्तरिय शिक्षा, स्वास्थ्य, रोजगारी, लगानी, उद्योग ब्यबशाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा हिमाली र पहाडी बस्ती रित्तिँदै गएका छन् । अनियन्त्रीत बसाइसराई हिमाली र पहाडी क्षेत्रका स्थानीयतहको मुख्य चुनौतिका रुपमा देखा परेको छ ।

कति पय स्थानीय तहले आफ्नो गाउँमा बसाई सराई गरेर आउने लाई आर्थिक अनुदान दिएर व्यापार व्यावसय गर्न प्रेरित गरिरहे पनि त्यसले पूर्ण रुपमा साथ्कता पाउको देखिदैन त्यसले गर्दा एक नम्बर प्रदेशका हिमाली र पहाडी जिल्लाबाट तराईमा बसाइँ सर्ने प्रवृत्तिको अत्यन्तै रहेको केन्द्रीय तथ्याङक विभागद्धारा प्रकाशित पपुलेसन मोनोग्राफ अफ नेपालमा उल्लेखित दश वर्षको जिल्लागत जनसंख्याको वितरण र वृद्धिदर हेर्दा भित्री मधेसको उदयपुर र पहाडको इलामबाहेक एक नम्बर प्रदेशका सबै हिमाली र पहाडी जिल्लाको जनसंख्या वृद्धिदर ऋणात्मक छ ।

बसाइँ सरेकाहरु झापा, मोरङ र सुनसरीमा थुप्रिएका छन् ।  हिमाल र पहाडबाट समथरतिर भइरहेको बसाइँ सराइ यहाँका स्थानीय तहको मुख्य चुनौती बनेको छ । बसाइँ सराइ न्यूनीकरणका लागि स्थानीय स्तरमै अधिकतम रोजगारी उपलब्ध हुने गरी औद्योगिक विकास, सडक निर्माण, खानेपानी, सिंचाइ सुविधा, गुणस्तरीय शिक्षा र स्वास्थ्यको व्यवस्थापन स्थानीय तहको प्रयासबाट मात्रै सम्भव नरहेको धनकुटाको छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुको भनाइ छ ।

उनले भने “सडक, ठुला सिंचाई आयोजना, औद्योगिक विकास लगायतका आयोजना आफै संचालन गर्न र रोजगारी सिर्जना गर्न स्थानिय सरकार आफै सक्षम नभएकोले केन्द्र सरकार प्रदेश सरकाले ध्यान दिन आवस्यक छ ”पहाडका खेतीयोग्य भू–भाग जंगलमा परिणत भएका बेला तराइको उर्वर जमिन घर घडेरीमा परिणत भएको छ । जसले खाद्य संकट, वन र वातावरण विनाश, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र स्रोतको प्रयोगमा अस्वस्थ प्रतिस्पर्धा बढाएको छ ।

अव्यवस्थित बसोबास, शहरी सडक, ढलनिकास, बेरोजगारी र असुरक्षा शहरी जनसंख्या वृद्धिका चुनौती बनेका छन् । आर्थिक संभावना आधार पहिल्याएर रोजगारीको अबसर सिर्जना नगरेसम्म हिमाली र पहाडी क्षेत्रको बसाइसराई लाई न्यूनिकरण गर्न नसकिने धनकुटा बहुमुखी क्याम्पसका ग्रामिण विकासका प्रध्यापक किरण घिमिरेको बताउछन् । उनले भने “ अहिले सम्मको बसाई सराईको अवस्था लाई हेर्दा रोजगारी, शिक्षा, स्वाथ्य जस्ता कुरा हरु सहज रुपमा नपाए रै बसाई सराई भएको पाईन्छ यी कुरा पहाडी र हिमाली यी पक्ष लाइृ सहज गराउन सरकारको ध्यान जानु पर्दछ ”जनसंख्याको असमान वितरणले हिमाल र पहाड खाली हुने तथा तराईमा बसोबासको क्रम बढेको छ ।

अवसर र सुविधाको असमान वितरणले खाली हुँदै गएका हिमाल पहाड र तराईमा अनियन्त्रित बन्दै गएको जनसंख्या व्यवस्थापनका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारले सोच्न अब ढिलो गर्नु हुँदैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।