सवै नेपाली जनताको खाना, छाना र नानाको व्यवस्था सरकारले नै गर्ने : संसद राजेन्द्र राई

धनकुटा खबर । संघीय संसद राजेन्द्र राईले सवै नेपाली जनताको खाना, छाना र नानाको व्यवस्था समेत सरकारले नै गर्ने बताए । धनकुटाको हिलेमा आजवाट शुरुभएको दोश्रो खाना महोत्सव (फुड फेष्टिवल) उद्घाटन गर्दै यस्तो बताएका हुन ।

स्थानिय स्तरमा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित उक्त खाना महोत्सव उद्घाटन कार्यक्रममा वोल्दै उनले यो महोत्सवले पर्यटन प्रवद्र्धनमा ठूलो भूमिका खेल्ने बताए । यस क्षेत्रमा पर्यटकीय सम्भावना वोकेका धेरै ठाउँहरु रहेको र पर्यटन विकासका सरकारले पनि राम्रो नीति वनाएकोले यस्ता सम्भवित ठाउँहरुको विकासमा सकारले ध्यान दिने बताए ।

साथै अहिलेको दुई तिहाई वहुमतको स्थिर सरकार ५ वर्ष सम्म टिक्ने दावी गर्दै उनले चुनावको वेला आफुहरुले जनता समक्ष गरेको वाचा पनि यही सरकारले पूरा गर्ने बताए । अघिल्लो वर्षको वजेटले जनताको भावनाई समेट्न नसके पनि आगामी वजेटले उद्योगपति किसान सवैलाई समेट्ने भन्दै यसका लागि सवै जनाताले सरकारलाई साथ दिन आवश्यक रहेको धारणा राखे ।

वैशाख ४ गते सम्म सञ्चालन हुने महोत्सवमा स्थानिय स्तरमा उत्पादित १५ वटा खानाका स्टलहरु रहने हिले पर्यट प्रवद्र्धन तथा पूर्वाधार विकास संस्थाका अध्यक्ष एवम् खाना महोत्सव आयोजक समितिका अध्यक्ष खगेन्द्र विष्टले जानकारी दिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।