धनकुटाको पाख्रीवासमा निःशूल्क आँखा शिविर : आज १ सय ८८ जनाले नाम दर्ता गराए

धनकुटा खबर । धनकुटाको पाख्रीवासमा सञ्चालन हुने निःशूल्क आँखा शिविरमा सेवा लिनका लागि आज १ सय ८८ जनाले नाम दर्ता गराएका छन् ।

भोलि र पर्सि हुने शिविरका लागि आज विहान ७ वजे देखी साँझ ६ वजे सम्म नाम दर्ताका लागि ४ नं वडा कार्यलय खुल्ला गरिएको थियो । यही क्रममा उल्लेखित संख्याका सर्वसाधारणले नाम दर्ता गराएको ४ नं वडा कार्यलयले जनाएको छ ।

शिविरमा आँखा अप्रेशनका लागि लालीगुरास नगरपालिका तेह्रथुमवाट १५ जना,छथर जोरपाटी गाउँपालिका धनकुटावाट १४ जना,शहिदभूमि गाउँपालिकावाट १३ जना र धनकुटा नगरपालिका वाट यो खवर तयार पारिञ्जेलको समय सम्म ५ जना आँखाका विरामी पाख्रीवास पुगेको पाख्रीवास नगरकार्यपालिका शिविर व्यवस्थापन समितिका संयोजक तथा ४ नं वडाध्यक्ष शोवित निरौलाले जानकारी दिनुभयो ।

आँखाका विरामीहरुलाई सहयोग पुर्याउने लक्षका साथ तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ,पाख्रीवास नगरपालिका,उद्योग वाणीज्यसंघ धनकुटा र नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा धनकुटाको संयुक्त आयोजनामा भोलि विहान १० वजे देखी जालपादेवी माद्यमिक विद्यालयमा शिविर सञ्चालन हुन लागेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।