धनकुटाको पाख्रीवासमा निःशूल्क आँखा शिविर : आज ७ सय ३८ जनाले सेवा लिए

धनकुटा खबर । धनकुटाको पाख्रीवासमा सञ्चालित निःशूल्क आँखा शिविरको आज पहिलो दिन धनकुटाको विभिन्न स्थानिय तह सहित तेह्रथुमका ७ सय ३८ जनाले सेवा लिएका छन् ।

जसमध्ये दूवै आँखा अप्रेशन ७, एउटा आँखा अप्रेशन ८५ जनाले गराएका छन् । यी मध्ये पनि दुवै आँखा अप्रशन गर्नेमा ४ जना पुरुष र ३ जना महिला रहेकाछन् भने एउटा आँखा अप्रेशन गराउनेमा ४३ महिला र ४२ पुरुष रहेकाछन् ।

त्यस वाहेक ६ सय ४६ जनाले सामान्य सेवा लिएको पाख्रीवास नगरकार्यपालिका शिविर व्यवस्थापन समितिका संयोजक शोवित निरौलाले जानकारी दिनुभयो । शिविर व्यवस्थापन समितिका संयोजक एवम् ४ नं वडाध्यक्ष निरौला आफै एम्वुलेन्स र गाडी लिएर नगरको विभिन्न स्थानवाट आँखाका विरामीहरुलाई शिविरमा ल्याउन सहयोग गरिरहनुभएको छ ।

शिविरमा अन्तराष्ट्रिय ख्याती प्राप्त डा सन्दुक रुईत नेतृत्वको १३ जनाको टोलि सहित पाख्रीवास पोलिक्लिनीकका चिकित्सक र प्रत्यक वडाका स्वयम्सेविकाहरुले सेवा दिईरहेकाछन् ।

भोलि पनि विहान ७ वजेवाटै विरामीको नाम दर्ता तथा उपचार सेवा प्रदान गरिने छ । शिविरको उद्घाटन आज विहान पाख्रीवास नगरपालिकाका प्रमुख वृष वहादुर राई,उपप्रमुख देवकला पौडेल तिम्सिना लगायत नगरको टीम र राजनीतिक दलका प्रमुख एवम् प्रतिनीधि, समाजसेवि वुद्धीजीवि शिक्षक लगायतकाले चिकित्सकको टोलिलाई खदा ओढाएर गरिएको थियो ।

आँखा विरामीहरुलाई सहज रुपमा सेवा दिने लक्षका साथ तिलगंगा आँखा प्रतिष्ठान काठमाण्डौ,पाख्रीवास नगरपालिका,उद्योग वाणीज्यसंघ धनकुटा र नेपाल रेडक्रस शोसाईटी जिल्ला शाखा धनकुटाको संयुक्त आयोजनामा जालपादेवी माद्यमिक विद्यालयमा शिविर सञ्चालन भईरहेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।