वामदेव गौतमलाई पनि डेंगु
काठमाडौं । नेकपाका सचिवालय सदस्य वामदेव गौतमलाई पनि डेंगु लागेको आशंका गरिएको छ।
सोमबार टेकु अस्पताल पुगेका गौतमको परीक्षण गरिएको छ। उनलाई सोमबारबाट ज्वरो आएको थियो।
चिकित्सकले उनलाई डेंगु लागेको आ’शंका गरेका छन्। यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।
गौतम केही समयअघि सिंगापुर गएका थिए। त्यही उनलाई संक्र’मण भएको हुन सक्ने अनुमान चिकित्सकले गरेका छन्।
सिंगापुरमा डेंगुको म’हामारी फैलिएपछि त्यहाँको सरकारले आ’पतकाल घोषणा गरेको छ।
यसअघि कृषिमन्त्री चक्रपाणी खनाललाई पनि डेंगु देखिएको थियो। त्यस्तै वरिष्ठ आँखा रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई पनि डेंगु देखिएको छ।
शुक्रराज अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कार्यरत सातजना स्वास्थ्यकर्मीलाई पनि डेंगु देखिएको छ।


