अल्ट्राधाविका मीरा राईलाई अमेरिकी विश्व विद्यालयद्वारा मानार्थ पिएचडी उपाधि

काठमाडौं । अमेरिकाको एक युनिभर्सिटीले चर्चित अष्ट्रा ट्रेल रनर मीरा राईलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । अमेरिका स्थित विश्वप्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै यो उपाधि दिएको हो । आइतबार याक एण्ड यति होटलमा प्रेसिडेन्सियल बिजनेश स्कुलद्वारा आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्रा.डा. डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान गरेका हुन् ।

प्रेसिडेन्सियल बिजनेश स्कुल वेस्टक्लिफको सम्बन्धनप्राप्त नेपालस्थित बिजनेश कलेज हो। मीराले आफूले सपनामा पनि नसोचेको उपलब्धि हासिल गरेको बताइन्। ‘यो उपाधि पाउँला भनेर सपनामा पनि सोचेकी थिइन्, यसले मलाई औधी खुशी बनाएको छ,’ उनले भनिन्, ‘म यो उपाधिका लागि वेस्टक्लिफ युनिभर्सिटी र प्रेसिडेन्सियल बिजनेश स्कुललाई विशेष धन्यवाद दिन चाहन्छु ।’

उनले यो उपाधिबाट आफूजस्तै परिश्रम गरेर अष्ट्रा ट्रेलमा दौडने नवप्रतिभा हरुलाई पनि थप मेहनेत गर्न प्रेरणा मिल्ने आशा ब्यक्त गरिन् । सो अवसरमा राईले आफूले कक्षा ७ मा पढाइ छोडेर जनयु’द्धमा होमिएको र त्यसपछि पुनः फर्केर खेलसँगै उच्च शिक्षाको भोकले पढाइमा लागेको कुरा पनि स्मरण गरिन् । उनले जीवनमा आइपर्ने सं’घर्षदेखि हार नमानेर अगाडि बढ्दा महत्वपूर्ण उपलब्धि हासिल हुने बताइन् ।

भोजपुरमा जन्मिएकी राई अन्तर्राष्ट्रिय अल्ट्रा रेसमा चर्चित नेपाली नाम हो । उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराइ सकेकी छन् । दीक्षान्त समारोहमा बोल्दैं स्कुलका कार्य कारी निर्देशक लक्ष्मण केसीले आफूलाई चिनेर अगाडि बढ्दा सफलता हात पार्न सकिने बताए । ‘सामान्यतया हामीले अरुले के गरिरहेको वा के गर्न खोज्दैं भन्ने विषयलाई बढी महत्व दिने गर्छौ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।