यसरी बुटवलका युवा इन्जिनियर शिशिरले बनाए पानीबाट गाडी चलाउने उपकरण

बुटवल : पानीबाट गाडी चल्छ भन्दा जो कोहीलाई अचम्म लाग्ला। तर, नेपालमा यो सम्भव भएको छ। यहाँका एक युवा इन्जिनियरले पानीबाट गाडी चलाउने उपकरण तयार परेका छन्। जसलाई जुनसुकै गाडी तथा मोटरसाइकलमा प्रयोग गर्न सकिन्छ।बुटवल मिलन चोक निवासी एक युवाले ईन्धन बचत तथा वातावरणमैत्री उपकरणको आविष्कार गरेका छन ।भारतको बैंगलोरबाट मेकानिकल इन्जिनियररिङ गरेका उनले साना गाडी र मोटरसाइकलमा प्रयोग गर्न सकिने डिभाइस बनाएका हुन्। युवा प्रतिभा तथा ईन्जिनियर शिशिर जिसीले सवारी साधनमा जडान गर्ने विशेष किसिमको यन्त्र आविष्कार गरेका हुन ।

यो डिभाइसको प्रयोगले इन्धन बिना नै गाडी चल्ने भने होइन। ४० प्रतिशत पानी र ६० प्रतिशत इन्धनको प्रयोगबाट गाडी चल्छ। ‘फ्युल सेभर किट’ नामक डिभाइसमा प्रशोधित पानी राखिन्छ। पानीबाट हाइड्रोजन र अक्सिजन छुट्छन्। हाइड्रोजन ग्यास पाइपलाई गाडीको इन्जिनमा लगेर जोडिन्छ। हाइड्रोजनको क्षमता पेट्रोलभन्दा तीनगुणा बढी हुने भएकाले यसले इन्धनले गर्नुपर्ने ४० प्रतिशत काम गर्छ। यतिमात्रै होइन, यो डिभाइसले इन्जिनको क्षमता बृद्धि, पिकअप पावरबृद्धि र आवाजसमेत कम गर्ने इन्जिनियर जिसीले बताए।हाइड्रोजन ग्यास प्रयोगपछि गाडीले फाल्ने दुषित कार्बनमोनोअक्साइड जस्ता ग्यासको उत्सर्जन ५० प्रतिशत कम हुन्छ।

इन्धनमा ४० प्रतिशत, इन्जिन क्षमता बृद्धि, वातावरण प्रदुषणसमेत ५० प्रतिशतले कम हुने उनले दाबी गरेका छन्।०७२ सालमा भएको नाकाबन्दीका बेला शिशिरले यो प्रोजेक्टको कल्पना गरेका थिए। डेढ वर्षअघि डिभाइस बनाएर आफ्नै गाडीमा फिट गरे। यसले सकारात्मक नतिजा दिएपछि अझै सुधार गर्दै उनले यो डिभाइस तयार पारेका हुन्। कार जिपमा प्रयोग गर्न मिल्ने डिभाइसको साइज ३० सेन्टिमिटर चौडाई र ३० सेन्टिमिटर उचाईको छ। मोटरसाइकलको लेगगार्डमै डिभाइस राख्न सकिन्छ भने ठुला गाडीको केही ठुलो छ।

कारमा प्रयोग हुने डिभाइसमा ४ दशमवल ६ लिटर पानी हालिन्छ। जसले ६५० किलोमिटर गाडी चल्छ। कारको डिक्कीमा यो डिभाइस फिट गर्ने गरी तयार पारिएको छ। ‘मैल नेपालमा व्यापार घाटा र वातावरण संरक्षणलाई ध्यानमा राखेर डिभाइस निर्माण गरेको हुँ, शिशिरले भने,‘सबै गाडीमा यो उपकरण फिट गर्न सकियो भने नेपालले करिब १ खर्बको इन्धन आयात गर्नु पर्दैन्, नेपालकै पानीले गाडी चलाउन सकिन्छ।’डेढ वर्षको प्ररीक्षण सफल भएपछि शिशिरले बिक्री गर्ने गरी प्रजेक्ट सार्वजनिक गरेका छन्। यो डिभाइस दुई महिनाभित्र बजारमा पाइने उनले बताए।

मूल्य कायम भइसकेको छैन। कारमा प्रयोग हुने डिभाइसको मुल्य ५० हजारभन्दा तल नै पर्ने उनले बताए। ‘१०० प्रतिशत नै पानीबाट चल्ने अर्काे प्रोजेक्टको तयारीमा छु,’ उनले भने,‘यसको प्रयोगसँगै त्यो पनि बनाउन थाल्छु।’ कार्यक्रमको एक समारोहका बिच प्रदेश नं. ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरी, पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाह, उपप्रमुख गुमादेवी आचार्य, वन विज्ञ कृष्ण पोखरेलले यन्त्रको संयुक्त रुपमा उद्घाटन गरेका छन । प्रदेश नं. ५ का उद्योग, वन, पर्यटन तथा वातावरणमन्त्री लिला गिरीले युवापुस्ताको आविष्कार आम नागरिकको उपयोगी भएको बताए ।

मन्त्रालयबाट यो विषयमा जानकारी लिने काम र उनलाई सम्मान समेत गरिएको बताए ।पूर्व संघिय वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले युवा आविष्कारलाई साथ दिने काम स्थानिय सरकारमा सबैभन्दा बढी जिम्मेवारी आएको बताए । परनिर्भरतामात्र कुरा गर्ने तर अनुसन्धानको कुरामा पछि परेको उनले बताए । कार्यक्रममा प्रदेश सभासद दिनेश पन्थी, नेपाल च्याम्बर अफ कमर्शका केन्द्रिय सदस्य टंक पोखरेल, जिसीका बुबा वैकुण्ठ जिसी र आमा कमला जीसी लगायतले नया नया आविष्कारमा नेपाली पछि नरहेको भन्दै यसका लागि सरकारबाट प्रोत्साहन गर्न जरुरी रहेको बताए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।