३० महिनाको लक्ष्य १७ महिनामै यसरी पुरा भयो पेट्रोलियम पाइपलाइन

काठमाडौं, भदौ २५ । सीमा क्षेत्रमा भइरहने अवरोधका कारण पेट्रोलियम पदार्थ हाहाकार हुने दिन अब सकिए।

बहुप्रतीक्षित एवं बहुउपयोगी नेपाल–भारत पेट्रोलियम पाइपलाइन मंगलबारदेखि सञ्चालनमा आएको छ। यो दक्षिण एसियाकै पहिलो अन्तरदेशीय परियोजना हो।

यो खबर आजको अन्नपूर्ण पोष्टमा छापिएको छ ।

अझ खुसीको कुरा– निर्माण सक्न ३० महिनाको लक्ष्य लिइएको यो परियोजना १७ महिनामै पूरा भएको छ। यसको सञ्चालनबाट इन्धनको सुनिश्चितता हुनेछ।

‘जति बेला जति आवश्यक पर्छ, अवरोधबिनै त्यति इन्धन देशमा भित्र्याउन पाउँछौं। हाम्रो सबैभन्दा ठूलो उपलब्धि यही हुनेछ’, नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘सीमा क्षेत्र र सडकमार्गमा भइरहने आन्दोलन र विभिन्न प्रकारका अवरोधका कारण हुने इन्धन अभावबाट उपभोक्ताले अब छुट्कारा पाउनेछन्।’

यससँगै ढुवानी लागत घटेको सन्देश दिन निगमले मंगलबार मध्याह्नदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको छ।

यसअघि तेल ढुवानी गर्न दैनिक २ सयदेखि ३ सय ट्यांकर प्रयोग गरिन्थे। गोइतका अनुसार पाइपलाइन प्रयोगबाट इन्धन ढुवानी खर्च वार्षिक ५० करोड रुपैयाँभन्दा बढी जोगिनेछ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले बरौनी–पटनासम्म आएको पाइपलाइन मोतिहारीसम्म ल्याएको छ। नेपालमा बिच्छ्याइएको पाइपलाइनलाई मोतिहारीमा जोडिएको हो। त्यहाँबाट रक्सौलको सीमासम्म ३२.७ किलोमिटर र त्यहाँबाट अमलेखगन्जस्थित क्षेत्रीय डिपोसम्म ३६.२ किलोमिटर दूरी पर्छ।

मोतिहारी–अमलेखगन्ज पाइपलाइन निर्माणमा भारत सरकारले ३ अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चिएको छ। सुरुमा कुल लागतको ३० प्रतिशत नेपालले व्यहोर्ने भनिए पनि अन्ततः सबै रकम भारतले लगाएको हो।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।