अष्ट्रेलियाको तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली मूलका १३ बर्षिय स्पन्दनलाई रजत

सिडनी । अष्ट्रेलियन तेक्वान्दो न्याशनल च्याम्पियनशिप २०१९ टुर्नामेन्टको फिदरवेट समुहको प्रतिस्पर्धामा नेपाली मूलका १३ बर्षिय स्पन्दन थापाले रजत पदक प्राप्त गरेका छन ।

अष्ट्रेलियाको गोल्ड कोष्टमा अबस्थित कारारा स्टेडियममा सम्पन्न भएको उक्त प्रतियोगितामा थापाले प्रतिद्वन्दीलाई सजिलै पराजित गरी उक्त सफलता हात पारेका हुन ।

माता सुमि श्रेष्ठ, पिता शंकर थापा र एक भाइका साथमा मेलबर्नको सेन्ट अल्बान्समा बसोबास गर्दै आएका स्पन्दन सानै उमेरदेखि नै विभिन्न खेलमा रुचि राख्थे । पढाइसंगै तेक्वान्दो खेल रोजेका स्पन्दनले भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भएर उक्त राष्ट्रिय च्याम्पियनशिपमा सहभागी भएका थिए ।

पढाईमा पनि अब्बल स्पन्दनले सन २०१६ देखि नै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा बिजय हासिल गरी विभिन्न पदकहरु प्राप्त गरिसकेका छन । प्रतियोगितामा सहभागी विभिन्न देशहरूमध्ये स्पन्दन एक मात्र नेपाली थिए । उनी सेन्ट अल्बान्समा रहेको तेक्वान्दो प्लस अष्ट्रेलिया क्लबसंग आबद्ध छन । उन्को बिजयपस्चात क्लबका प्रशिक्षक मार्कोले बधाई दिदै स्पन्दनले आगामी दिनहरूमा तेक्वान्दोमा अझै धेरै प्रगति गर्न सक्नेमा आफू र क्लब ढुक्क रहेको बताए ।

मेलबर्न नेप्लिज कम्युनिटि वेस्टका बर्तमान अध्यक्ष स्पन्दनका पिता शंकर थापा र रजिस्ट्रर नर्सको रुपमा कार्यरत माता सुमि श्रेष्ठ छोराको यो जितले निकै गर्वान्वित भएको बताउनुहुन्छ भने स्पन्दन आफूलाई यो जितले अझ बढी हौसला मिलेको बताउछन ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।