सेतो पुतलीको झुसले गुम्ला है आँखाको दृष्टि!
काठमाडौं, भदौ २६ । गण्डकी प्रदेशमा मात्रै भेटिएको फरक प्रकारको आँखाको रो’गका बि’रामी १४ पुगेका छन्। यही रो’गका कारण बुधबार एक बालकको आँखाको दृष्टि गु’मेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पोखराबाट केशवशरण लामिछानेले लेखेका छन्।
यस्ता बिरामीको सामान्यतयाः उपचारमा ४८ घण्टाभन्दा ढिला हुँदा आँखाको ज्योति गु’म्ने हिमालय आँखा अस्पताल पोखराका प्रमुख डा.इन्द्रमान महर्जनले बताए। ती बालकको पनि ढिलाईकै कारण आँखाको ज्योति गु’मेको हो।
सेतो पुतलीको कारण लाग्ने यो रोगका बिरामी पोखरामा १४ पुगेका छन्। सेतो पुतलीको झुस आँखामा परेपछि आँखा रातो हुने, उज्यालोमा हेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छ।
उपचारमा ढिलाई गरे आँखाको ज्योति नै गु’म्ने चिकित्सक बताउँछन्।


