धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा ! यसो भन्छन डा. ओम मूर्ति

काठमाडौ । रिस उठ्नु एक स्वस्थ्य र अस्वस्थ्य दुवै मानिसहरुको लागी खतरा हो । किनभने रिसले तपाई , परिवार , समाज र काममा समेत ठुलो समस्या निम्त्याउछ । त्यसैगरी स्वास्थ्यको दृष्टिकोणले मतिष्क र मुटुमा असर पर्ने भएकाले हृदयघातको खतरा हुन्छ । आज हामी तपाईलाई कसरी धेरै रिसाउने व्यक्तिलाई हृदयघातको खतरा हुन्छ भन्ने विषयमा कुरा गदै छौ । डा. ओम मूर्ति अनुसार रिसले स्वास्थ्यमा धेरै बेफाइदा पुयाउने बताउछन् । किनभने उनको जीवनमा रिसले पारेको नकरात्मक प्रभावको बारेमा आफ्नो सामाजिक सञ्जालमा यस्तो पोष्ट गरेका छन् ।दुईवर्ष अघिको कुरा हो ।

मेरो अस्पतालमा एक व्यक्तिसँग ठुलो भनाभनको क्रममा केही अप्रिय शब्दहरु पनि प्रयोग भयो । त्यसपछि उनी धेरै रिसाए । यो विवादपछि उनी आफ्नो गाडीमा घर फर्कदै थिए त्यसबेला उनको देब्रेछातीमा असहज महसुस भयो । त्यसपछि उनले रिसले मुटुमा कस्तो असर पर्छ भन्ने विषयमा रिर्सच गरे ।त्यसपछि उनले सन् २०१५ मा प्रकाशित एक रिसर्चमा ध्यान दिए । यो रिसर्चमा ‘रिस उठेको व्यक्तिमा हृदयघात र मस्तिष्कघातको खतरा दुई देखि तीन गुणासम्म बढी हुने देखाएको थियो ।त्यसैगरी सन् २००६ देखि २०१२ सम्म अस्ट्रेलियाको सिड्नीमा गरिएको एक अनुसन्धानमा त्यहाँको नागरिकलाई हृदयघात हुनुभन्दा २४ घण्टा पहिले रिस उठेको पत्ता लागेको थियो ।

जसमा २.२ प्रतिशत व्यक्तिले हृदयघात हुनुभन्दा पहिला एकदमै धेरै रिस उठेको बताए ।उक्त अध्ययन अनुसार रिस नउठेको व्यक्तिभन्दा रिस उठेको व्यक्तिमा ८ गुणा हृदयघात खतरा बढी हुन्छ । परिवारसँग रिस उठ्दा २९ प्रतिशत हृदयघात भएको र काम गर्ने ठाउँमा, गाढी चलाउँदा, ट्राफिक जाममा पर्दा रिस उठेर धेरैलाई हृदयघात भएको अनुसन्धानमा पत्ता लगेको छ । रिसले मुख्यतया मानिसहरुको मतिष्क ,फोक्सो र मुटु असर पार्दछ । त्यसैले मधुमेह, उच्च रक्तचाप, धुम्रपान गर्ने बानी, उच्च क्लोस्टोर र औषधी खाने व्यक्तिहरुले आफ्नो रिसलाई नियन्त्रण गर्नुपर्दछ । यदि रिसको नियन्त्रण नभएमा हृदयघातको खतरा हुन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।