प्रेस काउन्सिल नेपालको स्वर्णजयन्ती यसरी परिसरमा सरसफाई गरि भव्यताका साथ मनाइँदै

मदनकृष्ण सिलवाल
काठमाडौँ, भाद्र २६ । संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्ण जयन्तीको अवसरमा काउन्सिलले सञ्चारग्राम परिसरमा सरफाई कार्यक्रम सम्पन्न गरेको छ ।
काउन्सिलका मुख्य अधिकृत झविन्द्र भुसालको अगुवाई काउन्सिलमा कार्यरत सम्पूर्ण कर्मचारीहरूको सहभागिता रहेको सो कार्यक्रममा करीब १० क्वीन्टल फोहोरमैला संकलन गरिएको छ ।

सञ्चारग्राम प्रवेश गर्ने बाटोमा झाडी, प्लाष्टिक र ढल तथा पानी बगाएर ल्याएका लत्ताकपडासहितको सो फोहोरले वातावरण प्रदूषित भइरहेकोले सरसफाईपश्चात् सञ्चारग्राम परिसर सफासुग्घर देखिएको छ । भाद्र २६ गते विहीबार दिउँसो ३ः०० बजेदेखि सुरु भएको सरसफाई कार्यक्रममा बेलुका ५ः३० बजेसम्म सञ्चालन गरिएको थियो ।

काउन्सिलले संविधान दिवस तथा प्रेस काउन्सिल नेपालको स्वर्णजयन्तीको अवसरमा साताव्यापी विभिन्न कार्यक्रहरू आयोजना गर्ने भएको छ । साताव्यापी कार्यक्रमकोसञ्चारग्राम परिसर सरसफाई कार्यक्रमबाट सुभारम्भ गरिएको छ ।

प्रेस काउन्सिल कर्मचारी संघको संयोजनमा हुने साताव्यापी कार्यक्रहरूमा आचारसंहिता जागरण दोहोरीगीत कार्यक्रम, रक्तदान कार्यक्रम, दौड कार्यक्रम, फुडसल लगायतका अतिरिक्त क्रियाकलापहरू सञ्चालन हुनेछन् ।
आगामी असोज ६ गते ५०औँ वार्षिकोत्सवको मूल कार्यक्रम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको समुपस्थितिमा राष्ट्रपति कार्यालय शीतल निवासमा हुनेछ ।

सो कार्यक्रममा काउन्सिलको वार्षिक प्रतिवेदन, मिडिया एण्ड इथिक्स (अंग्रेजी प्रकाशन) र संहिता जर्नल समेत एकैसाथ सार्वजनिक गरिने भएको छ । सोही अवसरमा पत्रकार आचारसंहिता, २०७३,(परिमार्जन २०७६)को समेत सार्वजनिक गरिने छ । विगत वर्षहरूमा जस्तै स्वर्णजयन्तीको अवसरमा पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै प्रेस काउन्सिल पुरस्कारहरू समेत प्रदान गरिने कार्यक्रम रहेको जनाइएको छ ।

विगतको कार्यक्रहरू भन्दा यस वर्ष विश्व प्रेस काउन्सिलसहित सार्क राष्ट्रका प्रेस काउन्सिलका प्रतिधिनिहरूको उल्लेख्य उपस्थिति रहनुका साथै असोज ७ मा अन्तर्राष्ट्रिय सेमिनार सम्पन्न हुने कार्यक्रम तय भएको प्रेस काउन्सिलले जनाएको छ ।

फोटो : महेन्द्रराज सिंह

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖