यी हुन् मेस्सी र रोनाल्डोको स्तरमा पुग्ने क्षमतायुक्त फुटबलर

एजेन्सी । म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिवलाका अनुसार रहीम स्ट्रर्लिङ्गमा विश्व फुटबलका दुई सर्वोत्कृष्ट खेलाडी लियोनल मेस्सी र क्रिष्टियानो रोनाल्डोको स्तरमा पुग्ने क्षमता र सम्भावना रहेको बताएका छन् ।

स्ट्रर्लिङ्गले आफ्नो क्षमतालाई चिनेर लक्ष्य रोनाल्डो र मेस्सीको स्तरमा पुग्ने राख्नु पर्ने प्रशिक्षक गार्डिवलाको भनाई छ । युरोपक फुटबल २०२० को छनौट अन्तर्गत यो हप्ता भएका दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेपछि इंग्ल्याण्डका प्रशिक्षक ग्यारेथ साउथगेटले पनि स्ट्रर्लिङ्गमा रोनाल्डो र मेस्सीको स्तरमा पुग्ने सम्भावना रहेको बताएका थिए ।

म्यानचेस्टर सिटीका प्रशिक्षक गार्डिवलाले भनेका छन्, ‘हाल कसैलाई पनि उनीहरु (रोनाल्डो र मेस्सी) सँग तुलना गर्न सक्ने अवस्था छैन । तर स्ट्रर्लिङ्गमा उनीहरुको स्तरमा पुग्ने सम्भावना छ । यो उनको सपना हो र हामी सबैको पनि ।’

स्ट्रर्लिङ्गले रोनाल्डो र मेस्सीको स्तरमा पुग्ने लक्ष्य भेट्टाएमा त्यो अति उत्कृष्ट अनुभव हुने गार्डिवलाको भनाई छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।