सरकारका लागि सांसदको बोलीको भाउ छैन, संसदलाई टेर्दैन सरकार !

काठमाडौं, भदौ २८ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै तथा संयुक्त गरी संघीय संसदको कारबाही सञ्चालनका लागि तीनवटा नियमावली बनाइएका छन्।

नियमावलीअनुसार प्रतिनिधिसभा र राष्ट्रियसभाको शून्य तथा विशेष समयमा सांसदहरुले राखेको जिज्ञासाको जबाफ सम्बन्धित मन्त्रीले पाँच दिनभित्र दिइसक्नुपर्छ।

महिनामा दुईपटक प्रधानमन्त्रीले प्रतिनिधिसभामा उपस्थित भएर सांसदसँग प्रत्यक्ष प्रश्नोतर गर्नुपर्छ। मन्त्रीहरुले सभामुखमार्फत १० दिनभित्र सांसदको प्रश्नको जबाफ दिनुपर्छ।

जरुरी सार्वजनिक महत्वको प्रस्ताव र संकल्प प्रस्तावमाथि सदनले छलफल गरी दिएको निर्देशन सरकारले पालना गर्नुपर्छ। तर, संसद आफैँले र सरकारले पनि नियमावलीका यी कुनै पनि व्यवस्था कार्यान्वयन नगरेका खबर आजको नयाँ पत्रिका दैनिकमा कृष्ण कट्टेल र किरण दाहालले लेखेका छन्।

सरकारका लागि सांसदको बोलीको भाउ छैन। कानुन निर्माणको मुख्य थलो संसद पनि आफ्नै नियमावलीअनुसार चल्दैन। जसले गर्दा सरकारले संसदलाई हेप्ने प्रवृत्ति बढेको छ।

एक दर्जन जरुरी सार्वजनिक महत्वका प्रस्ताव संसद्मै थन्किएका छन्। महिनामा दुई पटक संसदमा हुनुपर्ने प्रधानमन्त्रीसँगको प्रश्नोत्तर दुई वर्षमा एकपटक मात्रै भएको छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।