यसरी गरिबीले लिँदै ज्या’न : कर्णालीमा ३ वर्षमा २५५ जनाले गरे आ’त्मह’त्या
काठमाडौं, भदौ २८ । वीरेन्द्रनगरको कालुञ्चोक क्षेत्रमा घरजग्गा। साथमा श्रीमती र दुई छोरी। सानो र सुखी परिवार तर डेढ वर्षअघि २५ वर्षीय घनबहादुर खासुमगरले आ’त्मह’त्याको बाटो रोजे। कारण थियो- ग’रिबी।
छिमेकीका अनुसार घनबहादुरले घर निर्माण गर्दा एक सहकारी र विभिन्न व्यक्तिबाट ५ लाख रुपैयाँ ऋ’ण लिएका थिए। ‘आम्दानीको अरू माध्यम भएन, ऋ’णको ब्जाय बढ्दै गयो,’ दिदी हरिमाया श्रीसले भनिन्, ‘त्यही पीरले झु’न्डिएर आ’त्मह’त्या गरेछ।’
घनबहादुरजस्ता थुप्रै व्यक्तिले आ’त्मह’त्या गर्नुमा ग’रिबी प्रमुख कारण देखिएको छ। सुर्खेतबाट ज्योति कटुवालले लेखेको यो खबर आजको कान्तिपुरमा छापिएको छ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको त्रिवर्षीय तथ्यांक केलाउँदा पनि यस्तो तथ्य देखिन्छ। कार्यालयका अनुसार पछिल्ला तीन आर्थिक वर्षमा ७ सय २८ जनाले आ’त्मह’त्या गरेका छन्। तीमध्ये ग’रिबीका कारण आ’त्मह’त्या गर्नेको संख्या २ सय ५५ जना छ।


