पूर्व ससफो नेपाल र पूर्व नयाँ शक्ति पार्टी नेपाल पाख्रिबास नगर कमिटी वीच एकता
धनकुटा,भदौ २८ । पूर्व संघिय समाजवादी फोरम नेपाल पाख्रीवास नगर कमिटी र पूर्व नयाँ शक्ति पार्टी नेपाल पाख्रीवास नगर कमिटी वीच एकता भएको छ ।

दुई पार्टीको नगर कमिटी एकता पछि समाजवादी पार्टी नेपाल नामक ४१ सदस्यीय पाख्रीवास नगर कमिटी गठन गरिएको छ । समाजवादी पार्टी नेपालका जिल्ला सभापति बल बहादुर राई को उपस्थितीमा सञ्चालित कार्यक्रमको वीच गठित समितिको अध्यक्मा, जितेन्द्र माङ्गपनहाङ्ग राई निर्वाचित हुनु भएको छ ।

कमिटीको उपाध्यक्ष कमल राई, सचिव सुर्य राई, सह सचिव बासुदेव कटुवाल कोषाध्यक्ष अम्बिका थापा र सह कोषाध्यक्षमा कला राई रहेकाछन् । अन्य सदस्यहरुमा डम्बर बहादुर राई, गंगा बहादुर बस्नेत, जय बहादुर राई,बुद्धि मान बिक, कुमारी राई, राधिका थापा, तेज बहादुर राई, मिलन तामाङ, योगेन्द्र बडुवाल, नगेन्द्र थापा बलबहादुर राई, माया राई, ईन्द्र पौडेल लगायत रहेको नवगठीत कमिटीका अध्यक्ष जितेन्द्र माङ्गपनहाङ्ग राई ले जानकारी दिनुभएको छ ।
कार्यक्रममा धनकुटा नगरपालिका वडा नं ३ का जन निर्वाचित वडाध्यक्ष बिकास घिमिरे, समाजवादी पार्टी धनकुटा जिल्ला उप सभापति पार्वती राई लगायतको उपस्थिती थियो ।


