आज राष्ट्रिय बाल दिवस ! देशभर विविध कार्यक्रम गरि मनाइदै

धनकुटा,भदौ २९ । आज राष्ट्रिय बाल दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदै छ ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

नेपालले मानव अधिकारको विश्वव्यापी घोषणापत्र २०४८, बालबालिका सम्बन्धी महासन्धी १९८९ यस अन्तर्गत बनेका प्रोटोकल र अन्तर्रा्ष्ट्रिय सन्धी सम्झौताको आधारमा बालबालिका सवालहरूलाई बाल बचाउ, बाल संरक्षण, बालबिकास र बाल सहभागिता समेतको आधारमा व्यापक दायारामा समेटी नेपालको संविधान (२०७२) ले बालबालिका सम्बन्धी ऐन नियमहरू, राष्ट्रिय नीति आवधिक एवं वार्षिक योजना र कार्यक्रम तथा संस्थागत व्यवस्था भित्र समावेश गरी स्थानीय तहबाटै कार्यान्वयन अगाडी बढाइएको छ ।

बालबालिकाको संरक्षण र विकासको विषयलाई विश्वका सबैजसो राष्ट्रहरूले आफ्नो अवस्था, परम्परा, सांस्कृतिक मूल्य मान्यता र आर्थिक सामाजिक परिवेश अनुरुप राष्ट्रिय कानूनमा समावेश गरी कार्यान्वयन गर्दै आएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖