नर्विचले साविक विजेता म्यानचेस्टर सिटीलाई यसरी हरायो

एजेन्सी । साबिक विजेता म्यानचेस्टर सिटीले यो सिजन इंग्लिस प्रिमियर लिग फुटबलमा खासै राम्रो नतिजा निकाल्न सकेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा तुलनात्मक रुपमा कमजोर मानिएको नर्विच सिटीसँग प’राजित भएको छ ।

अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटी ३–२ ले प’राजित भएको हो । पहिलो हाफमा दुई गोल गरेर एक गोल खाएको नर्विचनले दोस्रो हाफमा एक गोल ग¥यो र एक गोल नै खायो ।

 

१८ औँ मिनेटमा केन्नी म्याकलिनले गोल गर्दै नर्विचलाई सुरुवाति अग्रता दिलाए । २८ औँ मिनेटमा टड क्यान्टवेलले गोल गर्दै नर्विचको अग्रता दोब्बर पारे । ४५ औँ मिनेटमा सर्जियो अग्युरोले म्यानचेस्टर सिटीका लागि एक गोल फर्काए ।

५० औँ मिनेटमा टीमू पुकीले गोल गरेपछि नर्विचको अग्रता ३–१ मा पुग्यो । ८८ औँ मिनेटमा रोड्रीले म्यानचेस्टर सिटीका लागि गोल गरे पनि त्यो गोल हा’र जोगाउनका लागि पर्याप्त भएन ।

हारपछि दोस्रो स्थानको म्यानचेस्टर सिटीको पाँच खेलबाट १० अंक भएको छ । ६ अंकसहित नर्विच सिटी १२ औँ स्थानमा पुगेको छ । म्यानचेस्टर सिटी गएको जनवरी यता पहिलो पटक लिगमा पराजित भएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।