मन्त्री योगेश भट्टराईको त्यो उडान ! प्राबिधिक कार्य बाहेक अतिरिक्त समय १५ मिनेट ढिलाई भएको हो

काठमाडौं, भदौ ३० । कर्णाली छेउमा आयोजित डल्फिन महोत्सवमा प्रमुख अतिथि बनाइएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई शनिबार बिहान काठमाडौँबाट धनगढी उत्रिए, बुद्ध एयरको उडानमा।

दुई सुरक्षाकर्मी र एक जना स्वकीय सचिवसहित पुगेका उनी आयोजकले पठाएको टीकापुर नगरपालिकाको गाडीमा चढेर गेटा विमानस्थलबाट महोत्सवस्थल पुगे।

कार्यक्रम सकेर काठमाडौँ फर्कने तय भइसकेको थियो तर टिकापुरबाट धनगढी फर्किएर साँझ पाँच बजेको जहाज भेट्न नसकिने भएपछि आयोजकको सल्लाहमा मन्त्रीसहित चारजना नेपालगञ्जबाट आउने भए।

धनगढीको तुलनामा नेपालगञ्जबाट एक घण्टा अबेलासम्म जहाज पाइने भएकाले मन्त्री भट्टराई पौने ४ बजे कार्यक्रम सकेर हुइँकिए।

पूर्वपश्चिम राजमार्गबाट लामो हुने भएकाले बर्दिया राजापुरभित्रको हुलाकी सडक पछ्याए।

राजापुर, गुलरिया र खजुरा हुँदै जब उनी विमानस्थल पुगे, जहाज होल्ड गराएको भन्दै अन्य यात्रुले गा’लीगलौज गरे, हु’लहुज्जत प्रयास गरे।

यस्तो घटना कसरी भयो?

नेपालगञ्ज विमानस्थल प्रमुख प्रेमनाथ ठाकुर भन्छन्, ‘काठमाडौँबाट आएको जहाज नेपालगञ्ज् ग्रउण्डमा ५५ मिनेट बस्यो। जसमा जहाजको इन्जिन सट डाउन गरिएपछि यात्रु ओराल्ने, चढाउने, इन्धन र कार्गो राख्ने आदि समयमा ३५ मिनेटदेखि ४० मिनेट लाग्छ। त्यसबाहेक अतिरिक्त समय १५ मिनेट ढिलाई भएको हो।’

यो खबर आजको कान्तिपुर दैनिकमा सुरज कुँवरले लेखेका छन्।

यस घटनाबारे नागरिक उड्डयन प्राधिकरणले नेपालगञ्ज विमानस्थललाई आइतबार प्रस्टीकरण पठाउन निर्देशन दिएको छ।

ढिलाई हुनुमा मन्त्रीका स्वकीय सचिव प्रेम हुमागाईं, नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुर र एयसलाइन्सका स्टेसनका कर्मचारीबीच भएको त्रिपक्षीय कम्युनिकेशन ग्याप देखिएको घटनालाई नजिकबाट नियालीरहेका एक अधिकारी भन्छन्, ‘टाइम क्याल्कुलेशन गर्न जानेको भए यस्तो हुँदैनथ्यो। मन्त्रीलाई चाकरी गर्ने प्रवृत्तिले यस्तो भएको हो।’

यो घटना हेरिरहेको स्रोतले भन्यो, ‘समयको सही व्यवस्थापन गर्न नजान्नु र स साना उल्झनले घटना भएको देखिन्छ।’

‘जहाजमा पछिल्लो पटक सरकारलाई सडकबाट आलोचना गर्ने ज्ञानेन्द्र शाही हुनु र सरकारका पर्यटनमन्त्री ढिलो आउनुले यो घटना चर्चामा आयो,’ बुद्ध एयरका एक पाइलटले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖