फेसबुकले परिवर्तन गर्यो यस्तो नियम : सत्यता नभएका पोष्ट गरे तुरुन्तै ब्लक गर्ने

एजेन्सी । तपाई फेसबुक चलाउनु हुन्छ, दिनहुँ अनेक पोस्ट गर्नु हुन्छ, गर्नुस केहि आपत्ति छैन । तर अब यसमा तपाईले अलिक विचार र होस पुर्याउनु पर्ने हुन्छ ।

फेसबुकमा जथाभावी पोस्ट गर्न र कमेन्ट गर्न बन्देज लाग्न गइरहेको छ। फेसबुक व्यवस्थानले पोस्ट गरिने आपत्तिजनक सामग्रीका खिलाफ कडा पाइला चाल्न गइरहेको छ।

 

अब सत्यता नभएको तपाईले पोस्ट गरेको सामग्री फेसबुकमा पोस्ट नै हुने छैनन्, फेसबुकले यस्ता पोस्टलाइ ब्लक गरी दिने छ ।

फेसबुकको ‘ग्लोबल प्रेसिडेन्ट’ मोनिका बिकर्टले भनेका छन्, ‘हामी चाहन्छौँ सामाजिक सञ्जालमा जुन पनि सामग्री प्रयोगकर्ताले पोस्ट अथवा शेयर गर्छन् ती सत्य हुन्। यस्तो भएमा फेसबुकको वातावरण विश्वसनीय हुनेछ । हामी फेसबुकको गलत प्रयोगका खि’लाफ कडा अ’प्रेसन गर्न गईरहेका छौँ। हामी फेसबुकलाइ मिसरिप्रेजेन्ट गर्न रोक लगाउन गईरहेका छौ।’

फेसबुकले हालै आफ्नो ‘कम्युनिटी स्टैण्डर्ड’लाई ‘अपग्रेड’ गरेको छ। फेसबुक व्यस्थापनले जानकारी दिएअनुसार अब पोस्टको सत्यता निरूपणका साथै यसले तीनवटा कुरामा विशेष ध्यान दिन्छ ती हुन, ‘सेफ्टी’, ‘डिग्निटी’ र ‘प्राइवेसी’।

फेसबुक मञ्चलाई सुरक्षित बनाउन यस्तो गर्न लागिएको हो । बिकर्ट भन्छिन, ‘जुन पोस्टले मानिसमा डर, भय, त्रासको भाव उत्पन्न गराउँछन् तिनलाई तुरुन्तै हटाइनेछ।

केहि दिन पहिला गूगलले पनि आफ्नो ‘कन्टेट सर्च पोलिसीमा परिवर्तन गरेको थियो । यस अनुसार अब गूगलमा ‘सर्च’ गर्दा सबैभन्दा पहिला (सबैभन्दा माथि) ती सामग्री मात्रै देखिन्छन् जसको वैधता प्रमाणित हुन्छ ।

कुनै किसिमका भ्रा’मक र उ’त्तेजना एवं वि’तृष्णा फैलाउने खाले सामाचार वा अन्य सामग्री तपाईले ‘सर्च’ गर्नासाथ माथि देखिँदैनन।

गूगलले अझै पनि आफ्नो ‘सर्च इन्जन’को ‘एल्गोरिद’मा व्यापक परिवर्तन गरिरहेको छ ।

अब फेसबुक पनि आफूमा सुधार गर्न सक्रिय भएको छ । अब तपाईले जथाभावी फोटो पोस्ट गर्न, जे पायो त्यही लेख्न पाउनु हुन्न, यसमा बन्देज लाग्ने छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖