अहिलेसम्म १२ प्रतिशत मात्र काम, साढे तीन वर्षमा पूरा होला फास्ट ट्रयाक?
काठमाडौं, भदौ ३० । ०६४/०६५ देखि थालिएको ७२ दशमलव ५ किमी लम्बाइको फास्ट ट्रयाक निर्माणको जिम्मा ०७४ देखि सेनालाई दिइएको छ।
अहिलेसम्म १४ अर्ब ७० करोड खर्च भइसकेको छ।
तर सरकारले केही समयअघि मात्रै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) पारित गरेको छ।
साढे तीन वर्षभित्र फास्ट ट्रयाकको निर्माण सम्पन्न गर्ने सेनाले जनाएको छ। यो खबर आजको नयाँ पत्रिका दैनिकमा जीवन बस्नेत र पुष्प कोइरालाले लेखेका छन्।
आयोजनाको अहिलेको कार्य प्रगति भने आठ प्रतिशत मात्रै छ। फास्ट ट्रयाक निर्माणमा दुई चर्ब ७५ करोड लाग्ने डिपिआरमा उल्लेख छ।


