दशैंमा पशुपति शर्माको ‘कान्छी बुहारी’ (भिडियो सहित)
काठमाडौं। लोक गीतमा मौलिकताको खोजी गर्ने गायकका रुपमा चिनिने पशुपति शर्माले नयाँ गीत सार्वजनिक गरेका छन् । उनी आफ्ना हरेक गीतमा नयाँपन दिने कोशिस गर्छन । उनका गीत सन्देशमूलक पनि हुन्छन्। त्यसैले होला उनका गीत स्रोता दर्शकले निकै मन पराउँछन् । तको लयरशब्द पनि पशुपतिकै हो।
उनै गायक पशुपतिले सम्झना भण्डारीसंग मिलेर नयाँ गीत सार्वजनिक गरेका छन। गीतको नाम छ ‘कान्छी बुहारी‘’। यो दशैं तिहार संग सम्बिन्धित गीत हो। गीतमा पशुपति–सम्झनाको स्वर मात्र छैन् अभिनय पनि आफै गरेका छन्। साथमा सबिता गुरुङ्गले भिडि योमा अभिनय गरेकी छन्। शुपति नेपाली लोक गीतसंगीतमा सर्वाधिक चर्चामा रहेको नाम हो। सम्झना पनि पछिल्लो समयकी ब्यस्त गायिका हुन्।
गीत मंगलबार पशुपतिले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको यस गीतमा बिहेमा हुने खर्चको प्रसंगलाई रमाईलो तरिकाले प्रस्तुत गरेका छन्। भिडियोलाई दुर्गा पौडेलले छायांकन तथा निर्देशन गरेका हुन्। गिरमान सोहन कुमालको कोरियोग्राफी रहेको भिडियोमा नबिन घर्ति मगरको सम्पादन छ। पशुपति र सम्झनाले यसअघि पनि धेरै गीतमा सहकार्य गरेका छन्।

