संसारको अग्लो भवन बुर्ज खालिफामा नेपाली झण्डा झलमलाउदै (भिडियो सहित)

काठमाडौं, ३ असोज । सँसारको अग्लो भवन बुर्ज खालिफा । यसलाई हेर्ने चाहना र उत्सुकता कसमा नहोला । रातको समयमा भवनमा झलमलाइने वत्तीको विशेष महत्व छ । त्यसैले मरभूमिमा बनेको बुर्ज खालिफा हेर्न राति भीड लाग्छ ।

बुर्ज खालिफामा आजको रात नेपालीका लागि विशेष हुनेछ । त्यहाँ नेपाली झण्डा झलमलाइँदैछ । संयुक्त अरब इमिरेट्सस्थित नेपाली दूतावासले दुबईस्थित बुर्ज खालिफामा नेपाली झण्डा झलमलाइने जनाएको छ ।

स्थानीय समयानुसार ९ बजेर १० मिनेट जाँदा झण्डा झलमलाइन लागिएको हो । संविधान दिवस तथा राष्ट्रिय दिवस २०७६ का अवसरमा झण्डा पहिलोपटक बुर्ज खालिफामा झलमलाइन लागिएको उल्लेख छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।