यो हो विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरेर बनाईएको मन्दिर !
काठमाडौं । भारतको तमिलनाडुमा रहेको महालक्ष्मी मन्दिर १५ सय किलो शुद्ध सुनबाट बनेको छ । विश्वका प्रख्यात मन्दिरहरुका आ–आफ्नै विशेषताहरु रहेक हुन्छन जस्मध्य यो एक हो ।
करीब १ सय एक्कड क्षेत्रफलमा फैलिएको यो मन्दिर बनाउन ७ वर्ष लागेको थियो जुन मन्दि भारतको तमिलनाडुको भेल्लोर सहरस्थित रहेको छ । विश्वमै सबैभन्दा धेरै सुन प्रयोग गरिएको यो मन्दिर बनाउन ३ अर्ब भारु खर्च भएको बताइएको छ ।
अँध्यारोमा जब मन्दिरमा प्रकाश ठोक्किन्छ तब यसको दृश्य निकै अद्भूत देखिन्छ । सन् २००७ को अगष्टमा सर्वसाधारणका लागि खुल्ला गरिएको यो मन्दिरको कलाकौशल, डिजाइन तथा निर्माण सबै हातैले गरिएको छ । साथै यो मन्दिरको एक–एक कलात्मक डिजाइन वैदिक मान्यतामा आधारित भएको बताइन्छ ।



