यीहुन् चिनियाँ राष्ट्रपतिको उपचारमा खटिने नेपाली चिकित्सक !

काठमाडौं, २५ असोज । नेपालको दुई दिने राजकीय भ्रमणमा भर्खरै त्रिभुवन विमानस्थलमा ओर्लिएका चिनियाँ राष्ट्रपति सी जिनफिङको सम्मानार्थ नेपाली सेनाको एक टुकडीले गार्ड अफ अनर दिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा उनलाई सम्मान गारथ दिईएको हो ।

उनको भ्रमणको क्रममा स्वास्थ्यअवस्थालाई मध्यनजर गर्दै चिकित्सकपनि खटाईएको छ । राष्ट्रपति सीका लागि सुरक्षाकर्मीसँगै चिकित्सक र स्वास्थ्यकर्मी पनि खटिएका छन् । उनको सवारी कार्गेटमा नेपाली सेना र नर्भिक इन्टरनेशनल हस्पिटलको गरी दुईवटा एम्बुलेन्स प्रयोग हुँदैछ ।

नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट राष्ट्रपति सीको डाक्टरको रुपमा बरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर शिवजी विक्रम सिलवाल खटिएका छन् । चीनमै छात्रावृत्तिमा एमबीबीएस र एमडी गरेका सिलवाल नेपालका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का नीजि चिकित्कस पनि हुन् ।

सी नेपालमा रहने अवधिभर डाक्टर सिलवाल नेतृत्वको नर्भिक इन्टरनेशनलको टिम साथमै रहनेछ । सीको कार्गेटमा सवार नेपाली सेनाको चिकित्सक तथा स्वास्थ्यकर्मीको नाम भने खुलाइएको छैन । सीको स्वास्थ्यमा कुनै समस्या आए काठमाडौंस्थित् छाउनीमा रहेको नेपाली सेनाको हस्पिटल र थापाथलीस्थित् नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार गर्ने तयारी छ । सीको साथमा चिनियाँ चिकित्सकहरुको टोली पनि छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।