ग्रामिण अर्थतन्त्रलाई चलयमान बनाउँदै हाट बजार !
विकास घिमिरे, धनकुटा खबर । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका चक्रबहादुर लिम्बुले आफ्नै घर नजिकै रहेको साप्ताहीक बजारमा खसी बोका विक्रि गर्दै स्थानिय आफ्नै बजारमा किनमेल गरि दशै मनाए ।
यसरी दशै मनाउने लिम्बुत एक प्रतिनिधी पात्रमात्र हुन् अहिले जता बाटो उतै व्यापार भनेझै, सडक संञ्जाल विस्तार भएका धनकुटाको ग्रामिण इलाकामा लाग्ने साप्ताहिक र छोटी बजारहरुमा दशैं तिहारका लागि चाहिने सबै सामग्री पुग्न थाले संगै स्थानिय बजारले गा्रमिण अर्थतन्त्र लाई चलय मान बनाएका छन् । प्रया साप्ताहिक र पाक्षिक रुपमा बर्ष भरि लाग्ने यस्ता हाट बजार दशैं तिहारको बेला भने निकै ठुलो आर्थिक कारोबार हुने गरि लाग्दछन् ।
पर्याप्त हाटबजारको सुविधा नभएका स्थानमा लाग्ने यस्ता हाट बजारमा दशै, तिहार नजिकिएसँगै बोका खसी र मासु जन्य पंक्षिको बिक्रिगरी चार्डबार्डका लागी चाहिने सामग्री जोहो गर्नेको घुइचोले गर्दा राम्रो व्यापार हुने भएकोले टाढा टाढा देखिका व्यापारीहरु समेत यस्ता हाट बजारमा व्यापारका लागि पुग्ने गर्देछन् ।
धनकुटाको सिंधुवामा भेटिएका धरानका घुम्ती व्यापारी मनिष यादवले भने दशैं तिहारका बेला ग्रामिण क्षेत्रमा लाग्ने हाट बजारमा व्यापार राम्रो हुन्छ त्यसैले दशैं तिहार सम्म पहाडका ग्रामिण क्षेत्र मै व्यापार गरेर छठ अगाडी तराइ झर्ने योजना बनाएको सुनाउँछन् ।
संस्कृतिक पर्व भनिए पनि दशै तिहार लाई आर्थिक कारोबारको गतिलो समय मानिन्छ । चार्डबार्डको समयमा अरुबेला भन्दा व्यापार राम्रो हुने भएकोले बजारमा सामग्री प्रदर्शनको र होडबाजी समेत चलेको छ छुट अफरले गर्दा उपभोतmा पनि कहाँ कति छुट छ भनि सोध्न थालेको व्यावसायी सुदिप थापा बताउछन् ।


