जनप्रगति सहकारी हिले धनकुटाको वार्षिक आय व्यय प्रस्तुत

धनकुटा खबर । जनप्रगति बचत तथा ऋण सहकारी संस्था धनकुटा १ हिलेको ९ औ वार्षिक साधरण सभा आज सम्पन्न भएको छ । संस्थाको ८ लाख ८६ हजार बराबरको वार्षिक आय व्यय प्रस्तुत गर्दै साधारण सभा सम्पन्न भएको हो ।

धनकुटा नगरपालीका १ नं वडाध्यक्ष निरेन तमाङको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा सहकारीका अध्यक्ष हर्क प्रसाद लिम्बुले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत भएको हो । साधारणसभामा सहकारीका संस्थापक अध्यक्ष खगेन्द्र कुमार विष्ट , नियमित बचत कर्ता प्रमोद पण्डित र समय मै कर्जा बुझाउने प्रमोद राईलाई सम्मान पत्र तथा उपहार दिदै सम्मान गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि धनकुटा नगरपालीका १ हिलेका वडाध्यक्ष तमाङले कार्यक्रममा बोदै देशको शासन बदलिएको र सहकारी नियमावली पनि बनीसकेकाले नियम अनुसार सहकारीहरुले काम गर्नु पर्ने बताउनु भयो । उहाँले सहकारीलाई आवश्यक सहयोग गर्न वडा कार्यलय तयार रहेको पनि वताउनुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दर बाबु श्रेष्ठले कार्यक्रममा स्थानीय सरकारले सहकारी विदहरु संग छलफल गरेर बजेट विनियोजन गर्न पर्ने भन्दै सहकारीको उत्थान र विकासका लागि बजेट विनियोजन गर्न आवश्यक रहेको औल्याउनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।