उत्तर कोरियाली नेता किम सेतो घोडामा चढेर देशको सबैभन्दा अग्लो हिमालमा पुगेपछि… (भिडियो सहित)
एजेन्सी । उत्तर कोरियाली नेता किम जङ-अनले घोडा चढेर देशको सबैभन्दा अग्लो हिमालमा पुगेको त्यहाँको समाचार संस्थाले बताएको छ । कालो बुट र ज्याकेट लगाएका किम जोङ उन सेतो घोडा चढेको दृश्य उत्तर कोरियाको सरकारी मिडियाले सार्वजनिक गरेको छ ।
सार्वजनिक स्थानहरुमा सायदै देखिने र मनोरञ्जनात्मक कार्यक्रमबारे सायदै खबर बाहिर आउने किमको यसपटकको तस्बिर रोचक रहेको छ । चीसो क्षेत्र बढी रहेको उत्तर कोरियाको यो कुन क्षेत्र हो यकिन गरिएको छैन । तर, घोडा विशेष किसिमको देखिन्छ । घोडालाई लगाइदिइएको डोरी विशेष प्रकारको देखिन्छ ।

तस्बिरहरुमध्ये किम घोडा दौडाइरहेका र घोडा चढेर सामान्य गतिमा बढिरहेको देखिन्छन् । एउटा दृश्य पहाडको बीचको बाटो देखिन्छ । एउटामा उनी घोडा चढेर मुस्कुराइरहेका देखिन्छन् । संसारमा अति सुरक्षा दिइने नेतामध्येका किमको व्यक्तिगत जीवनबारे कमैमात्र खबर बाहिर आउने गरेको छ ।


