यी हुन् ६ वर्षकी रुसी बालिका नयाँ राजकुमारी !
एजेन्सी– रुसकी छ वर्षकी यलिना यकुपोवाको सौन्दर्य देखेर अहिले विश्व च’कित बनेको छ । त्यसैले पनि हुनुपर्छ, विश्वका विभिन्न देशका मानिसहरुले रुसी ती बालिकाको विषयमा निकै धेरै प्र’शंसा गर्न थालेका छन् ।
हुन पनि ती बालिकाले ४ वर्षको उमेरदेखि नै मोडलिङ सुरु गरेकी थिइन् । सानैदेखि मोडलिङमा लागेकी यी बालिकाका इन्स्टाग्राममा पनि २२ हजारभन्दा धेरै फलोअर्स पुगेका छन् । र मानिसहरु सामाजिक सन्जालमा लेखिरहेका छन्– विश्वकी नयाँ राजकुमारी ।
अर्कोतिर, यलिनाले विभिन्न फेसन अभियानहरुमा पनि भाग लिएकी छिन् । उनी मोनालिसा किड्स, ग्लेरिया जिन्सलगायतका ब्रान्डका लागि आधिकारिक प्रतिनिधि पनि हुन् । उनका म्यानेजरका अनुसार पछिल्लो वर्ष उनलाई अमेरिका, जर्मनी, बेलायतबाट सबैभन्दा बढी खोजिएको छ ।


