प्रदेश एकमा आजदेखि भिटामिन ‘ए’ र जुकाको औ’षधि खुवाइने
काठमाडौं । छ महीनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई खुवाइने भिटामिन ‘ए’का लागि सबै तयारी भइसकेको प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
आज र भोलि खुवाइने भिटामिन ‘ए’सँगै जु’काको औ’षधि पनि खुवाइने मन्त्रालयका स्वास्थ्य महाशाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत केसु काफ्लेले जानकारी दिनुभयो । जु’काका औ’षधि एक वर्षमाथि पाँच वर्ष मुनिकालाई खुवाइने तयारी भएको हो ।
भिटामिन ‘ए’ प्रदेशभरिमा चार लाख ४२ हजार ८०२ लाई र जु’काको औष’धि तीन लाख ८९ हजार ९३३ लाई खुवाउन आठ हजार ९७० महिला स्वास्थ्य स्वयंसेविका परिचालन हुने बताइएको छ । रासस


