घर परिवार छोडेर धन कमाउने आशमा विदेशिनुको पी’डा – हेर्नुहोस् भिडियो सहित

काठमाण्डौ । विदेश जाने भन्नासाथ पैसा कमाउन भन्ने बुझिन्छ । लाखौँ नेपाली युवाहरु पैसै कमाउनका लागि विदेश जाने गरेको सत्य पनि हो । तर यो सत्यताभित्र लुकेको पीडाहरु धेरै छन् । जुन पीडा हामी विमानस्थलमा हरेक दिन देख्न सक्छौँ ।

घर परिवार छोडेर धन कमाउने आशमा विदेशिनुको पीडा कति छ भन्ने कुरा यो दृश्यले प्रष्ट पार्छ । सुमन रन्जित कामका लागि विदेश जान विमानस्थलबाट विदाई हुँदै गर्दाको यो दृश्यले बताउँछ की लाखौँ युवाहरु यसैगरी बाध्यतामा परेर जन्मभूमि छोडिरहेका छन् ।

सुमनले विमानस्थलबाट विदाई गर्दा छोरी, श्रीमतीलगायत अन्य परिवार भावविह्वल थिए । अबोध छोरीको यो अनुनय विनयलाई लत्याएर विदेश जानुपर्दा सुमन निकै दुखी छन् । स्वदेशमा रोजगार नहुँदाको बाध्यताले नजिकिदै गरेको तिहार पनि मनाउन नपाएको उनको गुनासो छ ।

कतार जान लागेकी तुल्सी सेवाङले धेरै बर्ष भयो तिहार मनाउन नपाएको । पहिलो चोटी कतार जादा पनि तिहारको समय प¥यो । अहिले पनि त्यस्तै । चाडपपर्व मनाउन नपाउनुको पीडा त छदैछ, परिवारबाट टाढा हुँनुपर्दाको वियोगले सताउँछ । उनको पनि गुनासो एउटै छ, स्वदेशमा राम्रो काम पाएको भए यस्तो बाध्यता हुँदैनथ्यो ।

रिता घले पहिलो चोटी साईप्रस जान लागेको बताउँछिन । तिहारको मुखमा आफ्नो दाजुभाईलाइ छोडेर जानु पर्दा उनलाई नरमाईलो लागेको छ । देशमा न रोजगारी छ, न कामअनुसारको पारिश्रमिक । परिवार पाल्नका लागि विदेश जानुपर्ने बाध्यता रितालाई पनि आइलाग्यो ।

यता शर्मिला वाइवा पनि आफ्नो देशमा रोजागार भए कस्लाई रोजगारका लागि बाहिरा जान मन लााग्छ र भन्छिन । सरकारले स्वदेशमै रोजगारी सृजना गर्न नसक्नुको नतिजा हो यो सब । देश र जनताको हितमा काम गर्छु भन्ने सरकार भने आँखा चिम्लेर बसेको छ । विकास र समृद्धि त नारामै सिमित छ । जबसम्म यस्ता युवावर्गलाई स्वेदशमै काम दिन सकिदैन तबसम्म देश पनि विकास हुनै सक्दैन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।