प्रधानमन्त्री ओलीले धो’का दिएको प्रचण्डको गु’नासो
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धो’का भएको गु’नासो सचिवालय सदस्यहरु गर्न थालेका छन्।
पार्टी एकताका बेला आलोपालो प्रधानमन्त्री बन्ने समझदारी भए पनि ओलीका गतिविधिबाट त्यो पालना नहुने मह’सुस दाहालले गरेका हुन्। दाहालले केही दिनअघि सचिवालय सदस्य ईश्वर पोखरेललाई उनकै घरमा भेटेर एकताका बेला भएको समझदारी कार्यान्वयन हुन नसकेको गु’नासो पोखेको स्रोतले बतायो।
पार्टी एकता गर्दाको समझदारी कार्यान्वयन हुनेमा पूर्वमाओवादी पक्ष स’शंकित छ। समझदारी कार्यान्वयन गर्ने समय नआउँदै त्यसलाई प्रचारमा ल्याइएको भन्दै पूर्व एमाले समूह पनि अस’न्तुष्ट देखिन्छ। आलोपालो प्रधानमन्त्री ओलीले चाहेको विषय नभएकाले पनि पूर्वमा’ओवादी पक्ष सशं’कित बनिरहेको छ।
दाहालले पोखरेलसँग भेटघाट गरेको दुई दिनपछि वामदेव गौतम पनि माधव नेपाललाई भेट्न कोटेश्वरस्थित निवासमा पुगेका थिए। नेपाल र गौतमबीच धो’काको राजनीति गर्न नहुने विषयमा कुराकानी भएको थियो। यो खबर आजको नागरिक दैनिकमा छ।


