कांग्रेस नेता पोख्रेलले फ’र्जी कागजात बनाएर आफ्नै बुहारीलाई लोकसेवा आयोगको सदस्य बनाए

काठमाडौं, ३ कात्तिक । प्रदेश ५ का प्रदेशसभाका वि’पक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले फ’र्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खु’लासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया वि’वादमा परेको छ ।

लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव वि’परीत शर्माले आफ्नी बुहारीलाई ब’लपूर्वक नियुक्ति दिलाएको स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगजस्तो महत्वपूर्ण र सं’वेदनशील निकायमा फ’र्जी कागजातका आधारमा पदाधिकारी नियुक्ति हुने परम्परा देखिएसँगै प्रदेश लोकसेवा आयोग भर्ती केन्द्र बन्ने ख’तरा बढेको छ ।

प्रदेश लोकसेवाको सदस्यमा नियुक्त भएकी पोख्रे्रल कुनै अध्ययन अ’नुसन्धानमा सं’लग्न छैनन् ।
प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा वि’पक्षी दलका नेताको हैसियतमा बलदेव शर्मा पोख्रेल सदस्य छन् । उनी नेपाली कांग्रेस सम्बद्ध हुन् ।

शर्माले आफ्नो पदको दुरुपयोग गरी आफ्नै बुहारीलाई लोकसेवा आयोगमा नियुक्ति दिलाएका हुन् । तीन जना सदस्य रहने सिफारिस समितिमा अर्का सदस्य प्रदेशसभाका सभामुख रहन्छन् । सिफारिस समितिले समेत राहेलको शैक्षिक योग्यता र अनुभवलाई सूक्ष्म रूपमा नहेरी नियुक्तिका लागि सिफारिस गरेपछि मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा रहेको सिफारिस समितिको क्षमतामाथि प्रश्न सिर्जना भएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।