‘भ्वाईस अफ नेपाल’बाट बाहिरिएपछि झुप्री भण्डारी रु’दै आईन्, सँसार नदेखि म’र्ने भए भनेपछि शिशिर भण्डारीले यस्तो बाचा गरे (भिडियो हेर्नुहोस्)

मंगलसैन नगरपालिका–६ तारेखाकी ३० वर्षीया झुप्री भण्डारी जन्मेदेखि नै दृष्टिविहीन हुन्। ६ जना भाइबहिनीमध्ये माइली झुप्री आँखा नदेखे पनि घरायसी कामकाज भने सबै गर्छिन्। पानी ल्याउने, खाना पकाउने, घरमा सरसफाइ गर्नेदेखि लिएर घाँसदाउरा गर्ने उनको दैनिकी हो।

सबै काम गर्दा उनको साथी भने गीत नै हो । उनी जतिबेला पनि गीत गाइराख्छिन्। ‘जब आफुलाई बिरक्त लाग्छ नि तब देउडा गीत गाउँछु, बिरह पोख्छु,’ उनले काठमाडौं आउन अघि काठमाडौंप्रेससँग भनेकी थिइन्। प्रायः उनी ‘आमाले म जन्मिदै किन मारिनन्रु’ भनेर गीत गाउने गरेकी छन्। त्यसको पनि कारण छ, उनी भन्छिन, ‘आँखा नदेखे पनि कान त छन् नी, सुन्छु। सबैले भनेको राम्रा–नराम्रा सुन्छु। अन्धी भनेको, कुरा काटेको, होच्याएको मन पर्दैन, त्यतिबेला बाँच्नै मन लाग्दैन।’

झुप्रीको घरबाट २० मिनेट हिडेपछि पुगिन्छ, सामुदायिक रेडियो रामारोशन। एफएमबाट प्रसारण हुने ‘लेकऔलका भाका’ कार्यक्रममा गीत गाउन उनी दैनिक रेडियोमा पुग्थिन्। उनी आफ्नो पीडा सधै देउडामार्फत पोख्थिन्। रेडियो गीत गाउन गएको पनि गाउँलेहरुलाई पच्दैन्थ्यो। ‘किन यति दुःख गरीगरी रेडियोमा गीत गाउन गएकीरु गीत गाएर के पाउछेस् भन्थे,’ उनले सम्झिन्। जसले जे भनेपनि उनले गीत गाउन छोडिनन्।

‘मेरो साथी भनेकै गीत त हो,’ उनी भन्छिन्। यसैबिच भ्वाई अफ नेपालबाट बाहिरिएपछि झुप्रीलाई शिशिर भण्डारीले भेटेका छन् । झुप्रीको आँखा हाल्न शिशिरले सहयोग गर्ने बताए । भिडियो हेर्नुस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।