जालपादेवी माबि बिद्यालयमा तदर्थ ब्यबस्थापन समिति गठन, गुणस्तरीय शिक्षा दिलाउनका आफु प्रतिबद्द रहने : बिब्यास अध्यक्ष निरौला
पाख्रिबास,धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका वडा नं. ४ स्थित श्री जालपा देवी माध्यामिक बिद्यालयको तदर्थ बिद्यालय ब्यबस्थापन समिति गठन कार्य आज सम्पन्न भएको छ ।

जस अनुसार अध्यक्षमा साेवित निराैला,सदस्यहरुमा अर्जुन गुरुङ,शान्ति दर्जि,मान बहादुर राई (निमावि शिक्षक प्रतिनिधि) र सदस्य सचिवमा टेकनाथ अधिकारी (प्रधानाध्यापक) रहेका छन् ।
उक्त अवसरमा बोल्दै पाख्रिबास नपा ४ का वडा अध्यक्ष समेत रहनु भएका र बिब्यास अध्यक्ष निरौलाले आमन्त्रित समाजसेवी,बुद्दिजिवी,बाैद्दिक ब्यक्तित्वहरु,निवर्तमन बिब्यास अध्यक्ष लगाएत सदस्यहरु साथै शिक्षक,अभिभाबक संघका अध्यक्ष र उक्त बिध्यालयका शिक्षक शिक्षिका प्रति आभार प्रकट गर्दै आफुले पनि शिशु कक्षादेखि ०५६ सालकाे तत्कालिन एसएलसी उतिर्ण गरि कक्षा ११ सम्म स्वयं पनि यसै बिद्यालयमा अध्ययन गरेको र आज यसै बिद्यालयको नेतृत्वकाे जिम्वेवारी पाएकाेमा सकरात्मक ढंगबाट सल्लाह सुझाव लिएर हरेक बिषयहरुमा बहस चलाएर गुणस्तरीय शिक्षा दिलाउनका निम्ति र सम्पुर्ण ब्यबस्थापन गर्न गराउन आफु र समिति प्रतिबद्द रहने विश्वास ब्यक्त गर्नु भयो ।


