लगेजमा १० किलो खानेकुरा लैजाने विदेशीलाई अष्ट्रेलियाले विमानस्थलबाटै यसरी फर्कायो
एजेन्सी । अष्ट्रेलियाका सिमा अधिकारीहरुले एक विदेशी नागरिकलाई लगेजमा १० किलो खानेकुरा बोकेर लैजादै गर्दा प’क्राउ गरि विमानस्थलबाटै फ’र्काइदिएको छ । उनले बोकेको खानेकुरामा धेरै मात्रामा नि’षेधित सुँगुरको काँचो मा’सु पनि रहेको बताइएको छ ।
पछिल्लो समय अफ्रिकी स्वा’इन फि’बरका कारण विश्वभर सुँगुरको व्यवसाय प्रभावित भइरहेका बेला सबै राष्ट्रले आयातित वस्तुमा विशेष ध्यान दिइरहेका छन् । हाल चीनमा मात्र अफ्रिकी स्वा’इन फि!बरका कारण १० करोड सुँगुरहरु न’ष्ट गर्नु परेको थियो भने यसलाई पोर्क व्यवसायको हालसम्मकै ठूलो क्ष’ति बताइएको छ । यसबाट सं’क्रमित ८० प्रतिशत सुँगुरहरु म’र्ने गरेका छन् भने कुनै उप’चार र सुइ’हरु छैन ।
यस्तोमा अन्तराष्ट्रिय उडानले अनुमति दिएको २३.५ किलो बराबरको लगेजमा ती महिलाले आधा भन्दा धेरै खाद्य पदार्थ बोकेकी थिइन् जसमा काँचो र पकाएको मासु सहित फलफुल, स्क्वीड, अण्डा, पिसेको मासु, प्याज लगायतका खानेकुरा फेला पारिएको हो । यस्तोमा ४५ वर्षीया भियतनामी महिलाको भिसा तत्कालै र’द्द गरि उनलाई तीन वर्षका लागि अष्ट्रेलिया प्रवेशमा रो’क लगाइएको हो । सुँगुरको मासु मात्र चार किलो भन्दा धेरै रहेको पाइएको हो । यति मात्र नभइ उनले आफूले लगेजमा बोकेका ती नि’षेधित वस्तुहरुबारे अधिकारीलाई पूर्व जानकारी नदिएकाले पनि समस्या भएको बताइएको छ ।
यसबारेमा कृषि मन्त्री ब्रिगेट मेकेन्जीले भनेकी छन्, “हालसम्मकै सबैभन्दा ठूलो जीव सं’क्रमण सक्रिय भइरहेका बेला हामीलाई विस्वास गर्न कठिन भइरहेको छ कि कसैले जानीजानी हाम्रो सिमानामा पोर्क ल्याउने प्रयास गरेको छ ।” यसरी जीवसु’रक्षा सम्बन्धी का’नुन उ’ल्लंघनको मामिलामा भिसा र’द्द गरि फर्काइएकी उनी पहिलो विदेशी भएको बताइएको छ ।
मंगलबार संचारकर्मीहरुसँग बोल्दै मेकेन्जीले भनेकी हुन्, “हामीले राम्रोसँग नजर राखिरहेका छौँ । र उनले आफ्नो झोलामा १० किलो खानेकुरा हुँदाहुँदै पनि कतै केही जानकारी गराइनन् । ती उत्पादनले वास्तवमै हाम्रो देशको ‘बायोसे’क्युरिटी’ लाई जो’खिममा पार्दछ । ” अष्ट्रेलियाले विगतमा थुप्रै ठूला जै’विक सं’क्रमण र रो’गहरुको सामना गरिसकेकाले पनि पर्यटक लगायत देशमा भित्रिने सबैमा यस सम्बन्धी क’डा नीति लागू गर्दै आएको छ ।
यसअघि सन् २०१६ मा हलिउडका चर्चित कलाकार जोनी डिप र एम्बर हर्डले आफ्ना दुई कुकुर लुकाएर अष्ट्रेलिया लैजाने प्रयास गर्दैगर्दा प’क्राउ परेपछि सार्वजानिक रुपमा अष्ट्रेलियाको सरकारसमक्ष मा’फी मागेका थिए ।


