तीन महिना नेपाल बसेपछि मिस्टर बिनका छोरा गोर्खाली सेनामा भर्ती

एजेन्सी । विश्वचर्चित हाँस्यकलाकर ‘मिस्टर बिन’का छोरा तीन महिना नेपालमा बिताएपछि ब्रिटिश आर्मीको गोर्खाली टोलीमा समावेश भएका छन् । उनी केही समय अगाडि मात्र तीन महिने ‘सर्भाइभल नेपाली ल्याङ्ग्वेज कोर्स’ , ‘एस.एन.एल.सी’ का लागि नेपाल बसेका थिए । गोर्खाली सेनालाई कमान्ड गर्न बेलायती अफिसरहरुका लागि यो कोर्स अत्यन्तै महत्वपूर्ण रहेके गोर्खा रेजिमेन्टको आधिकारिक पत्रमा उल्लेख गरिएको छ ।

मिस्टर बिन अर्थात पिता रोवन एट्किन्सनसँग हुबहु अनुहार मिल्ने २६ वर्षीय बेन्जामिन एट्किन्सनले यसरी गोर्खाली समूहमा सहभागी हुन १० हप्ताको कठिन प्रशिक्षण लिएका हुन् भने ब्रिटिश आर्मीमा भर्ती हुनकै लागि नेपालको स्थानीय परम्परासँग पनि परिचय गरेका थिए । अब भने उनले गोर्खाली अफिसर बन्नका लागि नेपाली भाषा राम्ररी जान्नुपर्छ ।

गोर्खा ब्रिगेड असोसिएसनको पत्रमा जनाइए अनुसार उनले अत्यन्तै छोटो समयमा धेरै नेपाली सिकेर सबैलाई अचम्मित पारेका थिए । यसअघि उनले स्पेनी र अरेबिक भाषा पनि सिकिसकेको हुनाले सजिलै नेपाली पनि सिक्न सकेको बताइएको छ । हाल उनी सामान्य वार्ता गर्न सक्ने भएको बताइएको छ । संचार एजेन्सी द सनमा उल्लेख गरिए अनुसार उक्त पत्रमा बेन्जामिनले नेपालको प्रख्यात लोकनृत्य ‘उठ्यो बस्यो’ लाई पनि व्यक्तिगत प्राथमिकता दिएर सिकेका थिए ।

एक्सटर युनिभर्सिटीबाट उत्तीर्ण बेन्जामिन सैन्य मार्ग रोजेर यसअघि नै ट्रेनिङ लिइरहेका अफिसरका रुपमा प्रतिष्ठित ‘रोयल मिलिटरी एकेडेमी स्यान्डहस्र्ट ’ मा भर्ती भएका थिए । गत वर्ष मात्र उनले स्यान्डहर्सटमा फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोन र तत्कालनि बेलायती प्रधानमन्त्री थेरेजा मेका लागि गार्ड अफ अर्नर प्रदान गरेका थिए । गोर्खालीहरु ब्रिटिस आर्मीमा तैनाथ गरिएको २०० वर्ष भइसकेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।