‘घर फिर्नु कसरी’ करोडौं नेपालीको मन छुने गीत सार्वजनिक (भिडियो सहित)

“चाड हास्दै आउँछ रुवाउँछ बाबा के पठाउँ चुडेर, बन्धकमा जीवन नभए आउँथे आजै म उडेर” यो उद्गारको लामो व्याख्या गरिरहनु पर्दैन । हामी अधिकांस नेपालीको प्रत्येक घरको मनको घाऊ हो यो उद्गार । घरपरिवारबाट टाढा बसेकाहरूको मनमा कस्तो ज्वारभाटा चल्छ होला? जसले वाध्यताबश चाडबाडमा खाली शहरको रखवाली गरिरहेका हुन्छन् । यो गीतले फ्याट्टै भनिदिएको छ ।

“के छर त्यस्तो नसोध्नु आमा त्यो राजधानीमा, केही बन्छु भन्ने मृग तृष्णा छ यो जिन्दगानीमा ।” हरेक मानिस आँखामै एउटा गहिरो मृगतृष्णा बोकेर हिँडिरेको हुन्छ । ऊ प्रत्येक पल संसार जित्ने संकल्पमा हुन्छ । तर मृगतृष्णा भनेको कस्तुरीले वृन्दा भेट्नु जस्तै हो । यो समय हरेक मान्छे आफ्नो घर, परिवार, बुबाआमा छोेडेर आँखाको मृगतृष्ण पूरा गर्न कोही स्वदेशमै पलायन भएका छौँ त कोही विदेश पलायन भएका छौँ । हामी प्रत्येकले घर फिर्ने बेलामा के सोच्छौँ, त्यो मनोविज्ञान सर्लक्कै यो गीतमा उतारिएको छ ।

एकदमै यथार्थ शब्दमा मनछुने संगीत भरिएको गीतका शब्द रचनाकार चर्चित ढुङ्गेल हुन् । गीतलाई संगीत भरेर प्राण दिने काम गौरभ दर्पणले गरेका छन् । गीत गाएपछि मात्रै गीत बन्छ । गायनमा दीपक भन्जा खरो उत्रिएका छन् । पर्पल स्टुडियोमा रेकर्डिङ भएको उक्त “घर फर्कौ कसरी” बोलको गीतको संगीत संयोजन भने फडिन्द्र राईले गरेका छन् ।

गौरभ दर्पण आफैँले निर्देशन गरेको उक्त गीतको म्यूजिक भिडियोमा कलाकारहरू सुदीपजङ कार्की र इन्दु कोइराला रहेका छन् । गीतका संगीतकार तथा निर्देशक गौरभ दर्पणले भने “गीतले आम नेपालीको मन बोकेको छ, यो गीतलाई आम नेपालीले माया गरिदिनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ ।”



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।